०७ असार २०८३, आइतबार

काठमाडौं महानगरपालिका–१६ मा कांग्रेस विजयी

काठमाडौं महानगरपालिका–१६ मा कांग्रेस विजयी

काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले ४ हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका छन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लक्ष्मी तुलाधरलाई ३ हजार ३१० मत पाइएको छ । ४ सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडामा १२ हजार ३०८ मत खसेको थियो ।

काठमाडौं–१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरी लगायतका क्षेत्र पर्दछन् । वडाध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्