१० साउन २०८३, आइतबार

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक, डलर सञ्चिति जोगाउन थप कडाइ गरिने [पूर्णपाठसहित]

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक, डलर सञ्चिति जोगाउन थप कडाइ गरिने [पूर्णपाठसहित]

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक भएको उक्त समीक्षा अनुसार आयातमा दवाब पर्दा र डलर सञ्चिति घट्दै गएको अवस्थामा मौद्रिक नीतिले कडाइ गर्दै जाने उल्लेख गरिएको छ । 

मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई तेस्रो त्रैमासले पनि निरन्तरता दिइएको छ । 

तेस्रो त्रैमासको समीक्षा अनुसार मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने उल्लेख छ । यो व्यवस्था अनुसार डलर सञ्चिति घट्दा र आयात निरुत्साह गर्नुपर्दा मौद्रिक नीतिले कडाइ गर्न सक्ने उल्लेख छ । 

कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई निरन्तरता दिएको छ । तर, यस्तो सुविधा पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने गरी निरन्तरता दिएको पनि उल्लेख छ । 

आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरणहरू प्रयोग गरिनेछ भएको छ । 

मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरूप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरूलाई यथावत राखिएको छ ।

मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि, निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने पनि मौद्रिक नीतिले व्यवस्था गरेको छ । 

यस्तो छ मौद्रिक नीतिको समीक्षाको पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्