
एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि 'प्रदेश बचत खाता' योजना शुरू गरेको छ ।
देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै नयाँ बचत योजना ल्याइएको बैंकले जनाएको छ।
बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना शुरूआत गरेको हो । जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेश प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्ध भूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता, र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् ।
डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् ।
ग्राहकले पहिलो वर्षका लागि नि:शुल्क मोबाइल बैंकिङ, नि:शुल्क इन्टरनेट बैंकिङ र नि:शुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि नि:शुल्क डिम्याट र मेरो शेयर खाता दर्ता सुविधा र अन्य धेरै थप सुविधा प्राप्त गर्नेछन् ।
यस बचत खाताको शुरूआतमार्फत एनएमबि बैंकले देशका सबै भागमा सजिलो, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्याउने आफ्नो लक्ष्यलाई अझ अगाडि बढाएको छ।
एनएमबि बैंकले हाल देशभरि १९८ शाखा, १७६ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
