०२ साउन २०८३, शनिबार
शेयर बजारमा उच्च वृद्धि

शेयर बजारमा उछाल, एकै दिन झण्डै ८० अंकले बढ्यो

साउन १, २०८३
काठमाडौं
शेयर बजारमा उछाल, एकै दिन झण्डै ८० अंकले बढ्यो

केही समययता निरन्तर घटिरहेको शेयर बजारमा शुक्रबार निकै ठूलो उछाल आएको छ ।

साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ७९ दशमलव ७४ अंकले बढेर २६७७ दशमलव ५४ बिन्दुमा कायम भएको छ ।

समग्र बजार ३.०६ प्रतिशतले बढ्दा जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन समूहमा ४ प्रतिशत माथिको वृद्धि देखियो ।

म्युचुअल फन्डबाहेक सबै समूह हरियो रहन सफल भयो ।

सूचक ठूलो अंकले बढे पनि कारोबार रकम भने खासै बढ्न सकेन । अघिल्लो दिनजस्तै शुक्रबार पनि साढे ४ अर्ब बराबरको कारोबार भयो ।

salt training

कमेन्ट गर्नुहोस्