
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै करिब ८ महिनाकै न्यून विन्दुमा झरेको छ । सोमबार नेप्से परिसूचक ८ महिनायताकै न्यून विन्दु २५७०.१८ मा झरेको हो ।
यस दिन परिसूचक ३०.६० अङ्कले घटेको हो । यसअघि गत मङ्सिर ४ गते परिसूचक २५६०.२९ को विन्दुमा कायम भएको थियो । त्यसपछि सिधै २५९७.३३ को विन्दु हुँदै उकालो लागेको थियो ।
आज बजारमा ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबारका दिन शुक्रबार १.१३ अङ्कले घटेर परिसूचक २६००.७८ को विन्दुमा बन्द भएको थियो ।
सोमबार कारोबारमा रहेका २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४९ को घटेको छ । कारोबारका आधारमा एनएमबी डिबेन्चर ४८ करोडको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
सोमबार बजार पुँजीकरण ४४ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।