३२ असार २०८३, बिहीबार

बाढीपहिरोले तीन सडक अवरुद्ध, १८ वटा एकतर्फी रूपमा सञ्चालन

असार ३०, २०८३
काठमाडौं
बाढीपहिरोले तीन सडक अवरुद्ध, १८ वटा एकतर्फी रूपमा सञ्चालन

देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन् ।

त्यसमध्ये तीन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १८ वटा एकतर्फी रूपमा सञ्चालनमा आएको सडक विभागको तथ्यांकमा उल्लेख छ । 

विभागका अनुसार पहिरोका कारण कोशी रोजमार्ग,कान्तिराजपथ, मेचीराजमार्ग र बुर्तीबाङ–ढोरपाटन राजमार्गको केही स्थानमा अवरोध छ । 

पहिरोका कारण सडक अवरूद्ध सडक खुलाउन सम्बन्धित कार्यलयले पहिरो पन्छाउने कार्य गरिरहेको विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले जानकारी दिए । 

जल तथा मौसम विज्ञान विभागले मुलुकको विभिन्न स्थानमा आज पनि भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्