२९ असार २०८३, सोमबार

स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको अभियान​

असार २९, २०८३
काठमाडौं
स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको अभियान​

मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

यस कार्यक्रमअन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी लाई र स्थानीय तहमार्फत २६ वटा व्हिलचियर उपलब्ध गराएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, रंगेली मोरङस्थित रंगेली अस्पताललाई १० थान र ओमसतिया गाउँपालिका–१ नम्बर वडा कार्यालय मार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिहरूका लागि ३ थान  व्हिलचियर हस्तान्तरण गरेको छ ।

null

यसैगरी, बैंकले पथरी नगर अस्पताल, पथरीलाई ३–सिटे कुर्सी ४ थान, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यान स्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।

स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

आगामी दिनहरूमा पनि समुदायको दिगो विकास र जनकल्याणमा योगदान पुर्‍याउने यस्ता पहललाई अझ प्रभावकारी रूपमा अघि बढाइने बैंकले जनाएको छ ।

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्