असार १२, २०७९
कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको तेस्रो दिन विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा आइतवार करीब ६० हजार भन्दा बढीले अवलोकन गर...
नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थीहरु विद्यालय जान मानेका छैनन् ।
गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् ।
जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम बेनी बजारकै प्रकाश माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालमा पनि पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको प्रकाश माविका विद्यार्थी रेशम घिमिरेले बताए ।
पुस्तक व्यवसायी तथा वितरकहरूका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिए ।
कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको तेस्रो दिन विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा आइतवार करीब ६० हजार भन्दा बढीले अवलोकन गर...
‘युवाको बुझाईमा संस्कृति–२०२२’ राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम भएकी छन् । दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरने...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । जीपी कोइराला मेमोरियल कलेजले स्वः नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ ज...
चिकित्सा शिक्षा अध्ययन गराउने कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको विद्यार्थीहरूको गुनासो छ। सरकारले बढी शुल्क लिने शिक्षण संस्थालाई कारबाही गर्ने बताए पनि हालसम्म प्रभावकारी ढंगले कारबाही प्रक्रिया अ...
नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याबसन)बीच एक सम्झौतामा हस्ताक्षर भएको छ । संघ र एन प्याबसनबीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पू...
तनहुँको व्यास नगरपालिकाले ‘व्यास नगर समता’ आवासीय विद्यालय आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...