०९ साउन २०८३, शनिबार

कुमारी बैंक र लाल रत्न अस्पतालबीच सम्झौता

कुमारी बैंक र लाल रत्न अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्