
नमस्ते पेले नेपालभर स्मार्ट क्यूआर सेवा शुरू गरेको छ
नमस्ते पे मोबाइल भुक्तानी सेवाले मुलुकभर स्मार्ट क्यूआर सेवा शुरू गरेको छ ।
कम्पनीले आफ्नो वालेट मार्फत स्मार्ट क्यूआर उपलब्ध हुने नेपालभरका मर्चेण्टहरूमा 'स्क्यान एन्ड पे' सेवा शुरू गरेको जनाएको हो ।
यो सेवा शुरू भएसँगै नमस्ते पे वालेटका प्रयोगकर्ताहरूले स्मार्ट च्वाइस टेकनोलोजिज् (एससीटी) द्वारा जारी गरिएका स्मार्ट क्यूआर प्रयोग हुने मर्चेण्ट आउटलेटहरूमा सो क्यूआर स्क्यान गरी आफ्नो वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
सो क्यूआर भुक्तानी सेवा शुरू भएसँगै नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआर मार्फत गोल्डस्टार जुत्ताका शोरुमहरूमा भुक्तानी ३० प्रतिशत (अधिकतम रु ३ सय) सम्म छुट समेत प्राप्त गर्न सकिनेछ ।