२० असार २०८३, शनिबार

अब नेपाल टेलिकमका सिमकार्ड हुलाकमार्फत घरमै प्राप्त गर्न सकिने

असार २०, २०८३
काठमाडौं
अब नेपाल टेलिकमका सिमकार्ड हुलाकमार्फत घरमै प्राप्त गर्न सकिने

नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्री अब हुलाक सेवामार्फत सेवाग्राहीको घरमै उपलब्ध गराइने भएको छ ।

नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार यससम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायत सामग्री ढुवानी गरिनेछ ।

सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई कम्पनीले प्राथमिकता दिएको बताइन् । उनले हुलाक सेवा विभागसँगको सहकार्यबाट सेवाग्राही थप लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।

null

हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले जनताको घरदैलोमा सरकारी सेवा पुर्‍याउने लक्ष्यअनुसार विभागले विभिन्न काम गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमसँगको सहकार्य त्यसैको अर्को महत्त्वपूर्ण कदम भएको बता इन्। उनले आगामी दिनमा सेवाग्राहीलाई अझ प्रभावकारी सेवा दिन दुवै संस्थाबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरिन् ।

नेपाल टेलिकमका अनुसार सरकारी स्वामित्वका दुई संस्थाबीचको यो सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जालमार्फत कम्पनीको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता डा. कमल लामिछानेले बताए ।                                                                                     

salt training

कमेन्ट गर्नुहोस्