१३ असार २०८३, शनिबार

फोन पे डिजिटल इकोनोमी शुरू हुँदै

फोन पे डिजिटल इकोनोमी शुरू हुँदै

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ आज (बिहीवार) शुरू हुँदैछ ।

ब्राण्डवर्थ प्रा. लि.को आयोजनामा होटल सोल्टीमा कार्यक्रम  हुन लागेको हो  ।

कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधी र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको आयोजकले बताएको छ ।

आयोजकका अनुसार, कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल ः सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ । 

यी सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू,  नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधिहरूको 

सहभागिता रहनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्