१८ असार २०८३, बिहीबार
सानो देशको ठूलो चमत्कार

केप भर्डे नकआउट चरणमा, अब अर्जेन्टिनासँग भिड्ने

असार १३, २०८३
काठमाडौं
केप भर्डे नकआउट चरणमा, अब अर्जेन्टिनासँग भिड्ने

फुटबल विश्वकपमा टोली संख्या थप्ने फिफाको निर्णयमाथि शंका गर्नेहरूका लागि यो विश्वकप एउटा गतिलो जवाफ बनेको छ । मात्र ५ लाख जनसंख्या भएको अफ्रिकी टापु राष्ट्र केप भर्डेले विश्वकप इतिहासकै सबैभन्दा ठूलो चमत्कार गर्दै नकआउट चरणमा पुगेर इतिहास रचेको छ। 
यसलाई सन् २०१६ मा लेस्टर सिटीले प्रिमियर लिग जितेयताकै फुटबल इतिहासको सबैभन्दा ठूलो र अविश्वसनीय उपलब्धि मानिएको छ।

शनिबार बिहान साउदी अरेबियाविरुद्ध गोलरहित बराबरी खेल्दै केप भर्डे विश्वकपको नकआउटमा पुग्ने इतिहासकै सबैभन्दा सानो देश बनेको हो । 

समूह 'एच' को अर्को महत्वपूर्ण खेलमा पूर्वविश्वविजेता तथा फुटबलको महारथी उरुग्वे स्पेनसँग १-० ले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । फुटबल इतिहासकै सबैभन्दा ठूलो टोलीमध्येको एक उरुग्वे बाहिरिँदा सबैभन्दा सानो टोली केप भर्डले उत्सव मनाइरहेको छ।

उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साको प्रशिक्षक खेल जीवनमा यो अर्को ठूलो धक्का हो । उनी आफ्नो तीनवटा विश्वकप अभियानमध्ये दुई पटक (सन् २००२ मा अर्जेन्टिना र सन् २०२६ मा उरुग्वे) समूह चरणबाटै बाहिरिएका छन् । 

सन् २०१० मा चिलीसँग मात्र उनी अघिल्लो चरण पुग्न सफल भएका थिए । स्पेनविरुद्धको खेलको पहिलो हाफमा उरुग्वेका अनुभवी गोलकिपर फर्नान्डो मुस्लेराले एक भयानक गल्ती गरेपछि स्पेनले पहिलो गोल गर्ने मौका पायो, जसका कारण उनलाई हाफ-टाइममै मैदानबाट निकालिएको थियो, जुन खेलको सबैभन्दा आश्चर्यजनक निर्णय बन्यो।

null

केप भर्डेले समूह चरणका तीनवटै खेल बराबरी खेल्दै ३ अंकका साथ समूहको दोस्रो स्थान हासिल गर्‍यो। पहिलो खेलमा २०१० को विजेता स्पेनलाई ०-० मा रोकेको केप भर्डले दोस्रो खेलमा उरुग्वेसँग २-२ को रोमाञ्चक बराबरी खेलेको थियो।

सबै तीन खेल बराबरी खेलेर अर्को चरण पुग्नु फुटबलमा दुर्लभ मानिन्छ। यसअघि सन् १९५८ मा वेल्स, १९९० मा आयरल्यान्ड र नेदरल्यान्ड्स, तथा १९९८ मा चिलीले यो सफलता पाएका थिए। तर, सन् २०१० मा न्युजिल्यान्डले तीनवटै खेल बराबरी खेलेर पनि बाहिरिनु परेको थियो।

केप भर्डेलाई यो स्थानमा पुर्‍याउन उनीहरूका ४० वर्षीय भेट्रान गोलकिपर भोजिन्हा नायक बने। यो विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनका कारण उनको इन्स्टाग्राम फलोअर्स १६ मिलियन (१ करोड ६० लाख) भन्दा बढी पुगिसकेको छ। साउदी अरेबियाविरुद्ध उनले तीनवटा उत्कृष्ट बचाउ गरे:

खेलको पूर्वसन्ध्यामा केप भर्डेका मुख्य प्रशिक्षक बुबिस्टाले भनेका थिए, 'सपना देख्ने अधिकार सबैलाई छ र संसारमा केही पनि असम्भव छैन।' 'ब्लु सार्क्स' उपनामले चिनिने केप भर्डका खेलाडीहरूले आफ्ना प्रशिक्षकको भनाइलाई मैदानमा सत्य साबित गरिदिएका छन्।

समूह विजेता स्पेनसँगै उपविजेता बन्दै केप भर्ड अब नकआउट चरणमा प्रवेश गरेको छ। यो ऐतिहासिक सफलतापछि अब आगामी जुलाई ३ मा मियामीमा केप भर्डले वर्तमान विश्वविजेता अर्जेन्टिनाको सामना गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्