२६ असार २०८३, शुक्रबार

अब मोबाइल एपबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने

अब मोबाइल एपबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहानेहरुको भाषा परीक्षा यसवर्षदेखि सीबीटी (कम्प्युटर बेस टेस्ट/युबिटी) अर्थात कम्प्युटर प्रविधिबाट हुने भएको छ । अघिल्लो पटकसम्म पेपर बेसमा हुने परीक्षा अब कम्प्युटर प्रविधिबाट हुने भएसँगै परीक्षार्थीको सहजताका लागि टपिकईपिएस वेभसाइट र मोबाइल एप्लिकेशन सञ्चालनमा आएको छ ।

टपिक इपिएस डटकम (topikeps.com) वेभसाइट र टपिक इपिएस नामको मोबाइल एप्लिकेशनबाट परीक्षार्थीले प्रश्नपत्रको असीमित अभ्यास गर्न पाउने भएका छन् । इपिएस टपिकको यसवर्षको कृषि समूह अन्तर्गतको परीक्षा यही महिनाको १९ गतेबाट सुरु भैसकेको छ भने उत्पादन मुलक तर्फको परीक्षापनि छिट्टै सुरु हुनेछ। दक्षिण कोरिया सरकारले तोकेको परीक्षाको मापदण्ड अनुसार यसवर्षदेखि पढ्ने र सुन्ने विधिमा मात्र कम्प्युटर प्रविधिमार्फत परीक्षा हुन्छ । परीक्षा हुने विधि अनुसार नै टपिक इपिएस मोबाइल एप र वेभसाइटमा परीक्षार्थीले अभ्याँस गर्नसक्नेछन् ।

टपिक इपिएस एप र वेभसाइटमा प्रयोगकर्ताले साइनअप गरेसँगै उनीहरुले परीक्षणका निम्ति निःशुल्क प्रश्नपत्र अभ्यास गर्न पाउँछन् भने सशुल्क रुपमा प्रश्नपत्रहरुको सेट खरिद गरी असीमित अभ्याँस गर्न पाउने वेभसाइट र मोबाइल एप्लिकेशनको निर्माता कम्पनी माकुरा क्रियसन्स प्रालिका प्रबन्ध निर्देशक स्वागत भेटुवालले जानकारी दिए । उनका अनुसार यस प्रविधि सामान्य प्रयोगकर्ताले मात्र नभई विभिन्न इन्स्टिच्युटहरुले पनि प्रयोग गर्नसक्नेछन् । इन्स्टिच्युटहरुले यस वेभसाइट र मोबाइल एप्लिकेशनमा आफ्नो साखाको सम्बन्धनलिएर खातामा लगईन गरि विद्यार्थीहरुलाई अभ्यास गराउनसक्ने छन् । इपिएस टपिक डटकम वेभसाइट र मोबाइल
एप्लिकेशनमा कोरिया सरकारले लिने परीक्षाको ढाँचामा नै परीक्षाको अभ्याँस गर्नसकिने भएकाले यो प्रभावकारी हुनसक्ने विश्वभाषा क्याम्पसका कोरियन भाषाका अध्यापक थानेश्वर बञ्जाडेले बताए । कम्प्युटर/युबिटी प्रविधिमा अभ्याँस गर्दा परीक्षाका बेलामा झनै सहज हुने बञ्जाडेको भनाइ छ।

यस मोबाइल एप र वेभसाइटको निर्माण माकुरा क्रियसन्स प्रालि र हिमालयन ग्रुप अफ इन्स्टिच्युटले संयुक्त रुपमा निर्माण गरेको हो । इपिएस टपिकको वेभसाइट र एण्ड्रोइड एप सञ्चालनमा आइसेकेको छ भने आइओएस एप्लिकेशन भने केहीदिनमै सञ्चालनमा आउने निर्माणपक्षले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्