पुस ३, २०८०
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
जेठ २५, २०७९
स्थानीय तहको निर्वाचनमा जुन अपेक्षा गरिएको थियो त्यसअनुसारको नतिजा आएन । तर, जुन नतिजा आएको छ त्यो नै नकरात्मक भयो भन्ने चाहिँ होइन ।
अपेक्षा अनुसारको नजिता नआउनुमा विविध कारणहरू छन् । सबैभन्दा पहिलो गठबन्धनको मनोविज्ञान हो । त्यसपछि, सत्ताको मनोविज्ञानले पनि काम गर्यो । अर्कातर्फ, नेकपा एमाले स्थानीय तह र संघमा पनि नेकपाको नामबाट करीब साढे ३ वर्ष शासनमा थियो । कुनै बेला जनताले सत्ताविरोधी प्रवृत्तिमा मतदान गर्छन् । यसपटक एमाले त्यसमा पनि परेको हो, किनकी एमालेले सत्ता त चलाएकै थियो ।
चुनावी हारजीतको अर्कोे प्रवृत्ति हेरियो भने विगतमा स्थानीय सरकारको नेतृत्वमा रहेको व्यक्तिलाई नै उम्मेदवार बनाएको ठाउँमा थोरैले मात्रै जित्न सकेको छ । एमालेको मात्रै होइन, अन्य दलको अवस्था पनि त्यही हो । तसर्थ, सत्ताको विकल्पमा मतदान गरेको पनि हुनसक्छ । त्यसमा एमाले परेको हुनसक्छ ।
चुनावी नतिजा प्रभावित हुनुको अर्को कारण पार्टीभित्रको अनुशासनात्मक पद्धति कमजोर हुनु पनि हो । निर्वाचनमा पार्टीभित्रै अन्तरघात पनि भए ।
पार्टी अनुशासन पालनाको कुरामा कहीँ न कहीँ समस्या देखियो । धेरै ठाउँमा मेयर वा अध्यक्षलाई मत नहालेर अन्य उम्मेदवारलाई मात्रै मत हालेको देखियो । एमालेको लस्करै ६ वटा चिह्नमा मत आउने तर, अध्यक्ष वा मेयरलाई मत नआउने भनेकै कार्यकर्ताहरू कम्युनिस्ट पार्टीको अनुशासनको परिधिभित्र नबस्नु हो ।
कतिपय अवस्थामा व्यक्तिगत आकांक्षालाई निर्वाचनमा लगेर सजाय दिने प्रयास पनि भयो । उम्मेदवार चयन हुनुअगाडि धेरैको आकांक्षा र दाबी हुनसक्छन्, तर निर्णय भइसकेपछि निर्णयको पक्ष हिँड्ने कुरा नै पार्टी अनुशासन हो । अहिले यही व्यक्तिले अन्तर्घात गर्यो भनेर तोकेर भन्न सक्ने अवस्था त छैन । तर, देशभरी त्यस्तो गलत प्रवृत्ति भने देखियो ।
यस्तो समस्या निरुपणका लागि पार्टीभित्रैबाट काम हुनुपर्छ । संगठन चुस्त बनाउने, संगठनात्मक पद्धतिहरूलाई अझै मजबुत र खँदिलो बनाउने, कार्यकर्तालाई नैतिक रूपमा हामी जित्न सक्छौं भन्ने कुरामा विश्वास दिलाउने लगायतको काम गर्नुपर्छ । यो मुलुक बनाउन सक्ने राजनीतिक शक्ति एमाले नै हो भन्ने कुरा युवा पुस्तालाई बुझाउन सक्नुपर्छ ।
यति हुँदाहुँदै पनि जनताको मत परिणामको हिसाबले लोकप्रिय मत एमालेकै आएको छ । पार्टीको अवस्था बताउने एउटा संकेत स्थानीय तहमा पाएको मत पनि हो ।
चुनावी नतिजा र नेतृत्वको जिम्मेवारी
निर्वाचनमा एउटा मात्रै पक्षले काम गर्ने होइन । त्यसमा विविध विषय हुन्छन् । स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वले निर्वाह गर्नुपर्ने जिम्मेवारी, दायित्व शतप्रतिशत पूरा गरेको जस्तो लाग्छ । निर्वाचनमा सबैभन्दा बढी कसैको इफोर्ट थियो भने पार्टीको फस्ट लिडरकै थियो । फस्ट म्यान हुनुका नाताले उहाँले गर्नुपर्ने दायित्व शतप्रतिशत पूरा गर्नुभएको छ । नेतृत्वकोतर्फबाट कहीँकतै कमजोरी भएर नजिता प्रभावित भएको भन्ने लाग्दैन ।
निर्वाचनको बेलामा अपनाउनुपर्ने रणनीतिक योजनाका लागि सहयोगी हातहरू जुन ढंगले सशक्त रूपमा चल्नुपर्ने हो त्यो ढंगले पुगेन कि भन्ने लागेको छ ।
निर्वाचनका बेला विपक्षले अपनाउने रणनीतिको आकलन गर्ने र त्यसअनुसार आफ्नो रणनीति परिमार्जन गर्ने बारेको अनविज्ञता पनि रह्यो । चुनावमा हुनसक्ने राज्य संयन्त्रको प्रयोग बारेको अनविज्ञता, राज्य सत्ताको दुरुपयोग हुन सक्ने बारेको उदासीनता, गठबन्धनको मनोविज्ञानबाट मतदातालाई मनोवैज्ञानिक असर पर्न सक्ने भन्ने कुराको आकलन आदि विषयमा कमजोर भएको फाइदा अन्य पार्टीले निर्वाचनबाट लिएका छन् ।
संसदीय चुनावको मनोविज्ञान
आगामी प्रदेश र संघीय प्रतिनिधि सभाको चुनावमा स्थानीय तहको जस्तो हुबहु नै लागू हुन्छ भन्ने ग्यारेन्टी छैन । अहिलेको गठबन्धन नै रहन्छ कि रहँदैन भन्ने कुनै टुंगो छैन । गठबन्धन त्यही रहे पनि मतदाताको मनोविज्ञान उही रहन्छ भन्ने पनि छैन । लोकप्रिय मतमा अहिले पनि एमाले नै अगाडि छ ।
स्थानीय तहको चुनावका बेला विभिन्न पार्टीबाट मान्छे प्रवेश गराएका थियौं । त्यसले मत पनि बढेकै छ । यो चुनावमा एमालेको मत घटेको त होइन । विभिन्न पार्टीको मत एकै ठाउँमा आउँदा एमालेको भन्दा धेरै देखिएको हो । त्यसकारण, स्थानीय तहमा केही सिट संख्याको कमीले संघीय चुनावमा असाध्यै ठूलो असर पर्छ भन्ने होइन ।
स्थानीय तहको चुनावको तल्लो तहबाट केन्द्रीय कमिटीमा रिपोर्ट आउनेक्रम जारी छ । सबै रिपोर्ट प्राप्त भइसकेपछि त्यसको तथ्यांक राखेर पार्टीले समीक्षा गर्छ । चुनावको समीक्षा पछि आउने निष्कर्षले पनि आगामी बाटो तय गर्न सहयोग गर्नेछ ।
वाम गठबन्धन र फुटेको पार्टी जुटाउनेबारे
वामपन्थी तालमेलका बारेमा पार्टीभित्र संस्थागत रूपमा अहिलेसम्म कुनै चर्चा र छलफल छैन । व्यक्तिगत रूपमा कहीँकतै कुरा भएको हुनसक्छ । तीनै कुरा अहिले चर्चामा आएको हुनसक्छ । बजारमा प्रधानमन्त्रीको अफर गरेको चर्चासम्म भइरहेको सुनिन्छ । जुन सत्य होइन । नेकपा एमालेबाट कसैलाई पनि औपचारिकरूपमा प्रधानमन्त्रीको अफर दिइएको छैन ।
गठबन्धनकै संस्कृतिमा अगाडि बढ्ने हो भने सिद्धान्त, दृष्टिकोण मिल्नेहरूसँग गठबन्धन हुँदा राम्रो हो । एमालेसँग अरू कुनै पार्टीले तालमेल नै गर्दैन भनेर एमाले पार्टी कार्यालयमा ताल्चा लगाएर चाहिँ हिँड्दैन । एमाले मज्जाले चुनावी प्रतिस्पर्धामा सहभागी हुन्छ ।
स्थानीय तहको परिणामको आधारमा मानिसहरूले दृष्टिकोण बनाइरहेका छन् । परिणाम अर्को खालको थियो भने अहिलेको जस्तै दृष्टिकोण त बन्दैनथ्यो । तसर्थ, आगामी चुनावमा वामपन्थी समीकरण बन्छ वा बन्दैन भन्ने कुरा पनि परिस्थितिले निर्धारण गर्छ ।
हामी सबै राजनीतिक दल र तीनका नेताहरूलाई सम्मानपूर्वक व्यवहार गर्छौं । एमाले आफू पनि हल्का छैन र अरुलाई पनि हलुका रूपमा ठान्दैनौं । हामीले चाहँदैमा अरु राजनीतिक दल समीकरण बनाउनका लागि तयार भइहाल्छन् भन्ने पनि होइन ।
कम्युनिस्ट पार्टी भनेर गैरकम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर सरकार चलाइरहनुभएको छ, चुनावमा तालमेल गर्नुभएको छ । त्यो परिस्थिति कसरी सिर्जना भयो, उहाँहरूलाई त्यो ठाउँमा कसले पुर्यायो ? यो सबै कुराको हिसाबकिताब नभइकन हामीले वामपन्थी तालमेल गरौं भन्नासाथ उहाँहरू खुरुक्क आउनुहुन्छ भनेजस्तो हलुकारूपमा ठान्दैनौं र हलुकारूपमा प्रस्ताव राख्दै पनि हिँड्दैनौ ।
पार्टी फुटेको फेरि जुटेको पनि इतिहास छ । अहिलेचाहिँ फुटेर गएका साथीहरूले कसरी सोच्नुहुन्छ भन्नेमा भरपर्छ । त्यतिबेला पार्टी फुट्नुमा हाम्रो कारण थिएन । आफूले बनाएको पार्टी छाडेर, यही पार्टीलाई सिध्याउँछु, एमालेलाई धुलो चटाउँछु भनेर हिँड्नुभएको छ । उहाँहरूले कसरी विश्लेषण गर्नुहुन्छ भन्ने आधारमा नै जुट्ने र नजुट्ने कुराको टुंगो लाग्छ । एकोहोरो रोटी त पाक्दैन । ढोका बन्द गरेर एमाले कहिल्यै पनि बस्दैन ।
एमालेले वाम एकताको पक्षमा सधैं ढोका खुला नै राखेको छ । तर, वामपन्थी पार्टी भन्नेले गैरवामपन्थी पार्टीलाई सघाउँदै सरकार गठन गर्ने र त्यही सरकारसँग चुनावमा सहभागी हुने कुरा त्याग्नुपर्यो नि । त्यसपछि हामी त सधैँ तयार नै छौं नि ।
तल्लो कमिटीबाट रिपोर्टहरू प्राप्त नगरिसकेको सन्दर्भमा कसैले केही बोल्यो वा बोलेन भन्ने आधारमा कारवाहीको विषयमा हतार गरिरहेका छौं कि भन्ने मेरो व्यक्तिगत धारणा छ । यस्ता कतिपय चिजमा हतार गर्नुहुँदैन । पार्टीभित्रको आन्तरिक एकता नै मजबुत बनाउनुपर्छ । कुनै पात्रले केही बोल्नेबित्तिकै पार्टीमा पहिरो जाने भन्ने पनि होइन ।
एमालेको आन्तरिक संगठनात्मक संरचना र मनोविज्ञान बलियो छ । कोही नेताले नकरात्मक हिसाबले बोलिहालेछ भने पनि त्यसले पार्टीलाई समाप्त पारिहाल्छ भन्ने होइन । तर, पनि अनुशासनका हिसाबले कतिपय नेताहरूले आफूलाई संयमतापूर्वक प्रस्तुत गर्न जरुरी छ । पार्टी सिस्टमलाई नै फलो गर्नुपर्छ । पार्टी सिस्टमभन्दा अलग ढंगले आफूलाई उभ्याउने प्रवृत्तिले कहीँ न कहीँ पार्टीलाई हानी त गर्छ ।
(नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसँग लोकान्तरका लागि उद्धव थापाले गरेको कुराकानीमा आधारित)
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...