०९ असार २०८३, मंगलबार

दिवाखाजामा अनियमितता गर्ने विद्यालयमाथि छानबिन शुरू

दिवाखाजामा अनियमितता गर्ने विद्यालयमाथि छानबिन शुरू

पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानबिन गरी कारवाही गर्न शुरूआत गरेको छ ।

केही सामुदायिक विद्यालयले मापदण्डअनुसार विद्यार्थीलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन शुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

चालू आर्थिक वर्ष ०७८/७९ मा पालिकाभित्रका कूल १४ सामुदायिक विद्यालयमा विद्यार्थीका लागि १०० दिनको खाजा खर्चस्वरूप ५० लाख रुपैयाँ ती विद्यालयमा विनियोजन गरिएको थियो ।

विन्ध्यवासिनीका अध्यक्ष प्रमोद तिवारीले तालिकाअनुसार विद्यार्थीलाई खाजा नखुवाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

पालिकाले विद्यालय खुल्ने दिन विद्यार्थीलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी प्रत्येक दिन फरक–फरक तरिकाको खाजाको परिकारसहित खाजा तालिका निर्धारण गरेको छ । यद्यपि सो खाना तालिकाभन्दा गुणस्तरहीन खाना खुवाउने विद्यालयलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्