![मुटु पो दिइस्, कलेजो त दिएको छैनस् ! [गजल]](https://lktcdn2.prixacdn.net/media/gajal_COLIBBh0Nt.png)
गजल–१
झरी झरी नभन् एक्दिन त्यही पानीले मार्छ
जोगाउन सकिनस् भने आफ्नै जवानीले मार्छ
मुटु पो दिईस् कलेजो त दिएको छैनस् नि ?
मदिरा-मदिरा नभन् ,साला पिउने बानीले मार्छ
कति चुम्छस् ढुङ्गालाई ? त्यो देवता हैन
याद धेरै गरिस् भने यादकै लगानीले मार्छ
भन्न त ज्योतिषीले भनेका थिए चिना हेराउँदा
जीवनदास तँलाई कालले हैन कहानीले मार्छ
गजल -२
थाहै नपाई दुई मुटुको एउटै आकार भयो
जे भयो ठिकै भयो हामी दुईको प्यार भयो
उनी ढल्दा मैले उठाएँ म ढल्दा उनले उठाइन्
त्यसैले त हाम्रो भेटघाट आजकाल लगातार भयो
देखाउन पनि नमिल्ने, सुनाउन पनि नमिल्ने
जे हुनुथियो चुपचाप भयो तर बारम्बार भयो
पहिलो भेटमा मदहोस् भए दोस्रो भेटमा बेहोस् भए
मदिरा थियो, झरी थियो र त बसाई दमदार भयो
थाहै नपाई दुई मुटुको एउटै आकार भयो
जे भयो ठिकै भयो हामी दुईको प्यार भयो
जिनवदास सुनार , बाग्लुङ
हाल अमेरिका