०९ साउन २०८३, शनिबार

सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरिय विजनेस बिल्डिङ सेमिनार सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरिय विजनेस बिल्डिङ सेमिनार सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेश स्तरिय विजनेस बिल्डिङ्ग सेमिनार एक भव्य समारोहका साथ सम्पन्न भएको छ । 

करिब ३ सयभन्दा बढी अभिकर्ताहरूमाझ सेमिनार सम्पन्न गरिएको इन्स्योरेन्सले जनाएको छ । 

बागमती प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । 

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल,  कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटा, पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ्ग लगायतको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरूको उत्साहजनक सहभगिता रहेको थियो । 

कार्यक्रममा २०२३ को एमडीआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

साथै देशैभरीबाट बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरूको घोषणा गरिएको थियो ।

लक्की ड्रमा  भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका थिए । 

जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान शुरू गरेको छ । 

समारोहमा विजेता सम्पुर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए । 

बागमती प्रदेश प्रमुख शुशिल चापागाईं, बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धी तालिमहरू दिएका थिए । 

प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपुर्ण मन्त्र रहेको कुरा जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्