×

NMB BANK
NIC ASIA

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

असार २, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । 

Muktinath Bank

प्रदेशको प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधवार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश भित्रका स्थायी वासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने भएको हो । प्रदेश सरकारले एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम थप ६० विद्यालयमा विस्तार गर्ने भएको छ ।


Advertisment
Nabil box
Kumari

किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य प्रवद्र्धन तथा परामर्श सेवा प्रदान गर्न एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई ६० विद्यालयमा पुर्‍याउन २८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

Vianet communication

प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न संघीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमा लागू गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ । 

प्रदेश सरकारले महिलामा हुने पाठेघर खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुला लगायतका समस्याको समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ । कोभिड–१९ महामारी तथा संक्रामक रोगविरुद्ध लड्न कम्तिमा ५० शय्याको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजनग गरिएको छ । 

प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्ने, रगत, ग्लुकोज, दिसा, पिसाब, कलेजो, फोक्सो, मिर्गौला, महिलामा हुने क्यान्सर लगायतको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा जनता पोषण कार्यक्रम सञ्चालन गरिने र प्रत्येक स्थानीय तहमा कम्तिमा एक नमूना कुपोषण उपचार केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x