
दिलिपजंग खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन् ।
‘साथ’, ‘भेट्ने मन छ’, ‘हाँस्दा संगै’ लगायतका गीतहरू ल्याइसकेका दिलीपले ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक गरेका हुन् ।
दिलिपकै शब्द र संगीत रहेको गीतमा उनीसँगै बेनिषा पौडेलले स्वर दिएकी छन् ।
दिलिपले जापानका रमणीय दृश्यहरूमा गीतको भिडियोको छायांकन गरेका हुन् । भिडियोमा सुशील खत्री र अस्मिता सुवेदीको अभिनय छ । रोशन कार्कीको छायांकन एवं निर्देशन रहेको भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका छन् ।