१३ असार २०८३, शनिबार

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै अतिरिक्त ३ सय रुपैयाँ छुट

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै अतिरिक्त ३ सय रुपैयाँ छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित  'आइएमई पे'ले हवाई उडान टिकटमा नयाँ अफर सार्वजनिक गरेको छ । 

“उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरूले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  

साधारणतया अरु वालेट एपहरू भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरूलाई प्रदान गर्ने यस कम्पनीले प्रष्टाएको छ ।

असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्