×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाको आईटी क्षेत्रमा अब्बल बन्दै नेपाली

असार ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सामाजिक सञ्जाल र आम दैनिकीमा नेपालीहरूको अस्ट्रेलियाप्रति जति धेरै चासो अनि आकर्षण छ, त्यति नै तीखो व्यंग्य प्रहार अस्ट्रेलियामा नेपालीले गर्ने कामप्रति सोझिएको हुन्छ । आममानिस त भइनैहाले, राजनीतिक र प्रशासनिक उच्च ओहोदामा बसेकाहरूको पनि अस्ट्रेलियामा बस्ने नेपाली र पढ्न आएका विद्यार्थीको काम तथा करीयरका बारेमा निश्चित गलत बुझाइ रहेको छ । 

Muktinath Bank

‘नेपालीले अस्ट्रेलियामा गएर, अस्ट्रेलियन वा युरोपेलीले जस्तो राम्रो काम पाउलान् र ?’ यस्तो ‘स्टिरियोटिपिकल’ धारणा छ धेरैसँग । व्यवसायीहरू पनि ‘सोसल मिडिया’मा ‘एटेन्सन सीक गर्दै’ पोस्टहरू हाल्छन्, ‘अस्ट्रेलिया अमेरिका बस्ने दाजुभाइहरू, अग्लो भवन र समुद्र किनारका हैन, कहाँ कस्तो काम गर्नुभएको छ, त्यसको फोटो पनि हाल्नुस्’ । यसरी अस्ट्रेलियामा नेपालीले कमाएको ‘डलर’ नेपालमा चल्ने, त्यसको आकर्षण हुने तर उनीहरूको काम र दक्षतामाथि चाहिँ सधैं आक्रमण गरिने अवस्था नेपालमा जारी छ । धेरैले यसलाई ‘अंगुर अमिलो’को अर्थमा लिइरहेका पनि छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, अस्ट्रेलियामा नेपालीहरूको वास्तविकता भने नेपालमा गरिने आकलन र चर्चा भन्दा धेरै फरक छ । अस्ट्रेलियाका नेपालीहरूको काम र करीयर नेपालमा आम रूपमा बुझिने रेस्टुरेन्ट, सरसफाइ, स्याहार केन्द्र, हाउसकीपिङ, वेयरहाउस र अन्य शारीरिक श्रमका क्षेत्रबाट बाहिर निस्किसकेको छ । नेपालमा भएको बुझाइ आंशिक मात्र सत्य हो । पछिल्ला वर्षहरूमा नेपालीहरूको करीयर यात्रा र प्रदर्शन अस्ट्रेलियामा निक्कै परिवर्तन भइसकेको छ । स्वास्थ्य सेवाको क्षेत्रदेखि लेखा, खानी, कृषि, व्यवसाय, निर्माणदेखि मिडिया र प्रविधिको क्षेत्रमा मध्यम तथा उच्च तहमा नेपालीहरूको उपस्थिति पाउन सकिन्छ । अस्ट्रेलियाको स्थानीय राजनीतिमा समेत नेपालीहरूले आफ्नो स्थान बनाउन सकेका छन् । 


Advertisment
Nabil box
Kumari

कोरोनाको महाव्याधिका कारण संसार नै बन्दी बनेको समयमा नेपालीहरूले अस्ट्रेलियाको सूचना प्रविधी (आईटी) क्षेत्रमा राम्रो उपस्थिति बनाउन सफल भएका छन् । ‘आईटी रिक्रुटर’ देखि सफ्टवेयर इन्जिनीयर अनि स्वतन्त्र व्यवसायीका रूपमा अस्ट्रेलियाको नागरिकता र स्थायी बसोबास (पीआर) लिएका मात्र होइन, विद्यार्थी भिजामा हुनेहरूले समेत राम्रो आर्जन र करीयर विकास गरेका हुन् । कोरोनाकालमा धेरै नेपाली विद्यार्थीहरूले ई–कमर्शलाई माध्यम बनाएर स्वरोजगार समेत बनेका थिए । 

Vianet communication
Laxmi Bank
पछिल्ला वर्षहरूमा नेपालीहरूको करीयर यात्रा र प्रदर्शन अस्ट्रेलियामा निक्कै परिवर्तन भइसकेको छ । स्वास्थ्य सेवाको क्षेत्रदेखि लेखा, खानी, कृषि, व्यवसाय, निर्माणदेखि मिडिया र प्रविधिको क्षेत्रमा मध्यम तथा उच्च तहमा नेपालीहरूको उपस्थिति पाउन सकिन्छ । अस्ट्रेलियाको स्थानीय राजनीतिमा समेत नेपालीहरूले आफ्नो स्थान बनाउन सकेका छन् । 

‘वेब डेभलोपमेन्ट’, ‘एसईओ’ र ‘डिजिटल मार्केटिङ’को क्षेत्रमा धेरै विद्यार्थीहरूले काम पाएको सिड्नीका एक नेपाली आईटीविज्ञ बताउँछन् । अस्ट्रेलियाको सिड्नीमा डिजिटल मार्केटिङ एवं वेब डेभलोपमेन्टको काम गर्ने उनी आफैंको व्यावसायिक करीयर पनि लोभलाग्दो छ । अस्ट्रेलियामा पनि आकर्षक कमाइ मानिने वार्षिक डेढलाख डलरको प्याकेजका अफरहरू आइरहेका हुन्छन् उनलाई । 

उनी भन्छन्, ‘अस्ट्रेलियामा रहेका र नेपालबाट आउन चाहने विद्यार्थीहरूले आफूलाई दक्ष बनाउने हो भने आईटीको क्षेत्रमा अवसरै अवसर छ ।’ नेपालीहरूले र विद्यार्थीहरूले आईटी वा अरू क्षेत्रका व्यावसायिक कामहरू हाम्रा लागि होइनन् भन्ने भावना त्याग्नुपर्ने र आफूलाई दक्ष बनाउनमा जोड दिनुपर्ने उनको भनाइ छ । 

उनले भनेको जस्तै यतिखेर अस्ट्रेलियाका ठूला सफ्टवेयर कम्पनी तथा बैंकहरूमा आईटी सिक्युरिटीदेखि सफ्टवेयर, सोलुसन डेभलोपमेन्ट लगायतका धेरै भूमिकामा नेपालीहरू मध्यम तथा उच्च तहको पदमा देख्न सकिन्छ । यतिखेर सिड्नीको रेल, रेस्टुरेन्टमा मात्र नभएर टप रेन्जका आईटी सोलुसनमा नेपालीलाई देख्न सकिन्छ । 

वेटरबाट इन्जिनीयर 

नेपालबाट विद्यार्थी भिजामा आईटी पढ्न आएकी प्रतिमा (गोपनीयताका लागि नाम परिवर्तन) ले कलेजको फी र घरको ऋण तिर्न पैसा जुटाउन लामो समय क्लिनिङ र रेस्टुरेन्टमा वेटरको काम गरिन् । पढाइका तीन वर्ष उनको दैनिकी बिहानको क्लिनिङ र मध्यरातसम्म वेटरको भूमिकामा बित्थ्यो । आईटी पढेर पनि पैसाको कारण वेटर र क्लिनरको भूमिकामा बस्नुपरेको ‘फ्रस्ट्रेसन’लाई ऊर्जाका रूपमा लिएर पढाइ सकिएपछिको केही महिना आफूलाई आवश्यक सीप सिकेर उनले यतिखेर आफूलाई ‘सफ्टवेयर डेभलोपर’को रूपमा उभ्याएकी छन् । 

‘शुरूमा त पैसा र व्यवहारको कारण मसँग क्लिनिङ र रेस्टुरेन्टको कामको उपाय नै थिएन, ऋण र फीको तनावबाट मुक्त हुनासाथ फुल स्ट्याक डेभलोपर बन्न कोडिङको तालिम लिएँ र अहिले फुल स्ट्याक इन्जिनीयरको रूपमा काम गरिरहेकी छु,’ उनी भन्छिन् । शुरूमा निक्कै अत्यास लाग्थ्यो तर अहिले आफ्नो पढाइको क्षेत्रमा नै काम गर्न थालेकोले यसले सन्तुष्टि दिएको उनी बताउँछिन् । भन्छिन्, ‘आर्थिक रूपमा पनि र करीयरको विकासको हिसाबले पनि म निकै खुशी छु ।’ संघर्ष गर्न नडराउने र सीप विकास गर्ने हो भने नेपाली विद्यार्थीले अस्ट्रेलियामा निकै लोभलाग्दा अवसर पाउन सक्छन्,’ उनी भन्छिन् ।

जागिरको प्याकेजले पीआरको आशा 

अस्ट्रेलियामा यतिखेर प्रोग्रामिङ र आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग रहेको छ । अस्ट्रेलियाका आईटी रिक्रुटर अनुभवी र दक्ष प्रोग्रामरको लागि आकर्षक प्याकेज र पीआरको अवसर दिन तयार भएर बसेका छन् । नेपालबाट नर्सिङ पढ्न आएकी श्रीमतीको ‘डिपेन्डेन्ट’ बनेर अस्ट्रेलिया आएका राजु (गोपनीयताको लागि नाम परिवर्तन) नेपालमै अनुभवी सफ्टवेयर इन्जिनीयर थिए । शुरूमा अस्ट्रेलियामा आउनासाथ आफ्नै क्षेत्रको काम पाउन नसकेपछि करीब करीब ‘डिप्रेसन’को शिकार भएका उनी यतिखेर भने श्रीमतीको पढाइ सकिनुअघि नै पीआर पाउने आशामा छन् । कारण हो, उनको ‘पे प्याकेज’ र आफ्नै पढाइको क्षेत्रको जागिर । 

नेपालको आफ्नो पढाइ र अनुभव अनुसारको जागिर नपाएपछि आठ महिना अस्ट्रेलियाको मार्केट अनुसारको तालिम उनले लिए । अहिले स्वास्थ्य क्षेत्रमा काम गर्ने कम्पनीमा सफ्टवेयर इन्जिनीयरका रूपमा काम गरिरहेका उनी भन्छन्, ‘पे प्याकेज र कम्पनीमा आफ्नो रोलका कारण ग्लोबल ट्यालेन्ट भिजाको माध्यमबाट छिट्टै पीआर पाइहालिन्छ कि भन्ने ठूलो आशा छ ।’ अस्ट्रेलियामा आईटीको क्षेत्रमा दक्षता र अनुभव भएका धेरै भारतीयहरूले पीआर पाउनको लागि छान्ने गरेको ‘ग्लोबल ट्यालेन्ट’ पछिल्लो समय आईटीको क्षेत्रमा काम गर्ने नेपालीहरूको चासोको विषय बनेको छ ।  
 
माध्यम बन्दैछ बूटक्याम्प  

कोडिङ बूटक्याम्प सफ्टवेयर इन्जिनीयरको मागलाई छिट्टो पूरा गर्नका लागि दक्ष जनशक्ति तयार पार्ने गहन तालिम हो । त्यसमा गहन रूपमा सीप सिकाएर छोटो समयमा नै दक्ष सफ्टवेयर ईन्जिनीयर तथा डेभेलोपर तयार गरिन्छ । कोभिड–१९ पछि उच्च रूपमा बढेको दक्ष सफ्टवेयर इन्जिनीयर तथा डेभेलोपरको मागलाई पूरा गर्नका लागि यतिखेर अस्ट्रेलियामा कोडिङ बूटक्याम्प दक्ष जनशक्ति तयार पार्ने माध्यम बनिरहेको छ । विश्वविद्यालयमा समय दिएर सिक्न नसकेको र बजारमा माग भएको सीप सिकेर विद्यार्थीका लागि करीयरको ढोका खोल्ने माध्यम पनि बनेको छ । अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू र रोजगारदाताबीचको दूरी घटाउने माध्यम ‘बूटक्याम्प’ बनिरहेको सन्दर्भमा नेपाली विद्यार्थीहरूले पनि यसबाट फाइदा उठाएका छन् । 

विश्वविद्यालयबाट भर्खरै पढाइ सकेका प्रकट न्यौपाने ‘फुल स्ट्याक डेभेलोपर’ हुने अभिलाषाका साथ यतिखेर ‘डेन्टेड कोड’को ‘बूटक्याम्प’ अभ्यासमा छन् यतिखेर । प्राविधिक जटिलताका कारण ‘मेन्टर’ बिना ‘फुल स्ट्याक डेभलोपमेन्ट’ प्रक्रियागत रूपमा सिक्न मुश्किल हुने उनी बताउँछन् । ‘डन्टेड कोड’ को ‘बूटक्याम्प’ मार्फत ‘रियल लाइफ प्रोजेक्ट’मा काम गर्दै सीप विकास गरिरहेका न्यौपानेलाई ‘कन्फिडेन्ट कोडर’ बन्न मात्र सघाएको छैन, ‘बूटक्याम्प’मा रहँदा रहँदै उनलाई थुप्रै जागिरका अवसरहरू पनि आउन थालेका छन् । ‘बूटक्याम्प’ सकेपछि राम्रो तलब सुविधा सहितको जागिरमा जम्ने कुरामा न्यौपाने ढुक्क छन् । 

अस्ट्रेलियाका ‘रिक्रुटर’ तथा कम्पनीहरू विदेशका दक्ष जनशक्तिलाई अस्ट्रेलियाको पीआर साथै लाखौं डलरको तलब दिएर अस्ट्रेलिया आउन आकर्षित गरिरहेका छन् ।

सिड्नीमा नेपालीकै ‘कोडिङ बूटक्याम्प’ 

यतिखेर विश्वभर नै ‘सफ्टवेयर डेभलोपमेन्ट’ तथा ‘प्रोग्रामिङ’मा दक्ष जनशक्तिको ठूलो माग छ । अस्ट्रेलियाका ‘रिक्रुटर’ तथा कम्पनीहरू विदेशका दक्ष जनशक्तिलाई अस्ट्रेलियाको पीआर साथै लाखौं डलरको तलब दिएर अस्ट्रेलिया आउन आकर्षित गरिरहेका छन् । यस्तो अवस्थामा अस्ट्रेलियामा पढेका नेपाली विद्यार्थीहरूलाई आईटीको क्षेत्रमा लाग्न दक्ष बनाउनका लागि नेपालीकै सक्रियतामा यतिखेर सिड्नीमा ‘कोड बूटक्याम्प’ सञ्चालनमा आएको छ । नेपालीहरूको घना बसोबास भएको सिड्नीको रकडेलमा ‘डेन्टेड कोड’ संचालनमा रहेको छ । 

अस्ट्रेलियामा ‘सफ्टवेयर डेभेलोपमेन्ट’ क्षेत्रमा १० वर्षभन्दा लामो समय काम गरेका प्रेमप्रसाद आचार्यले गत वर्षदेखि शुरू गरेको ‘डेन्टेड कोड’ले ५० भन्दा बढी विद्यार्थीलाई  ‘फुल स्ट्याक सफ्टवेयर डेभेलोपर’ बनाइसकेको छ । नेपालीबाहेक भारत, चीन, मोरक्को, इन्डोनेसिया लगायत देशका विद्यार्थीले ‘डेन्टेड कोड’बाट ‘बूटक्याम्प’ सकेर अस्ट्रेलियाका प्रसिद्ध कम्पनी साथै सरकारी निकायमा समेत रोजगारीको अवसर पाइसकेका छन् । 

‘डेन्टेड कोड’का सञ्चालक तथा ‘बूटक्याम्प’ ‘ट्रेनर’ आचार्य आफूले विश्वविद्यालयको पढाइ सकेपछि ‘सफ्टवेयर इन्जिनीयर’का रूपमा काम पाउनका लागि निकै संघर्ष गर्नुपरेको तर अहिलेको अवस्था निकै फरक रहेको बताउँछन् । उनले नेपाली विद्यार्थी र समुदायलाई सफ्टवेयरको क्षेत्रमा रहेका अवसरसँग साक्षात्कार गराउन आफूहरूले ‘बूटक्याम्प’लाई अगाडि सारेको बताउँछन् । ‘सफ्टवेयरको क्षेत्रमा ठूलो अवसर र सम्भावना छ जसलाई नेपालीहरूले सजिलै हासिल गर्न सक्छन्, त्यसका लागि सही मार्गदर्शन जरूरी छ,’ आचार्य भन्छन् । यतिखेर डेभेलोपरको ठूलो माग रहेको अवस्थामा जो कसैले पनि रुचि, लगन र समय दिने हो भने छ महिनाको ‘बूटक्याम्प’ बाटै राम्रो डेभेलोपर बन्न सकिन्छ । 

‘आईटी, विशेष गरेर कोडिङ, मा रूचि, लगनशीलता र समय दिनसक्ने जो कसैले पनि हाम्रो बूटक्याम्पमा आएर आफूलाई डेभेलोपर बनाउन सक्छ,’ आचार्यका अनुसार उनको ‘बूटक्याम्प’का लागि तयार गरिएको पाठ्यक्रम पूरा गर्ने विद्यार्थीहरूले बूटक्याम्पमा सिकेको सीप र प्रोजेक्टको आधारमा नै विद्यार्थीले आकर्षक तलब सुविधाका साथ जागिर पाउँछन् ।

सीपसँगै ‘डेन्टेड कोड’ले विद्यार्थीहरूलाई अस्ट्रेलियाका आईटी कम्पनीमा जागिर पाउनका लागि आवश्यक व्यावसायिक सञ्चार र जागिर खोज्ने विशेष तालिम समेत निःशुल्क उपलब्ध गराउने ‘डेन्टेड कोड’का प्रशासकीय अधिकृत धर्मेन्द्रप्रसाद यादव बताउँछन् । यादव भन्छन्, डेन्टेड कोडले विद्यार्थीका साथै नेपाली समुदायका सबैलाई निःशुल्क डेभोलोपर मेन्टरिङ सेवा उपलब्ध गराएर अस्ट्रेलियामा करीयर बनाउनको लागि सहयोगको एक कदम अगाडि सारेको छ । अस्ट्रेलियामा अब्बल डेभेलोपरको करीयर बनाउनका लागि हामी साथ दिन्छौं ।’  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x