साउन २९, २०७९
केहीदिन पहिले झण्डै दैनिक हजारको हाराहारीमा पुगेको कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्ट...
बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।
मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरूमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् ।
चिकित्सकहरु आवद्ध रहेको रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिवार 'बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ' अभियान शुरू गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो ।
क्लबले रुपन्देहीका विभिन्न नगरपालिकाहरूसँगको सहकार्यमा सचेतनामूलक अभियान समेत चलाउने क्लबका अध्यक्ष डा. सन्तोष पोखरेलले बताए ।
डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन् ।
पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावक समेत यो विषयमा सचेत रहनुपर्नेमा जोड दिए ।
क्लबले बालबालिकाहरु बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायहरुमा राख्नेगरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरूलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले क्लबले शुरू गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए । तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भैसकेको सन्दर्भमा 'बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ' अभियानपनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए ।
यस्तै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावकहरु बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको शुरूआत आफैंबाट गर्नुपर्ने बताए । यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लबले शुरू गरेको अभियान समाज सुधारको अभियान भएकोले यो अभियानले सामाजिक सचेतना जगाउने बताइन् ।
केहीदिन पहिले झण्डै दैनिक हजारको हाराहारीमा पुगेको कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्ट...
फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भव...
सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ । ...
बागमती सफाइ महाअभियानको ४८३औँ हप्तामा शनिवार तीनकुने तरकारी बजार क्षेत्रअघिको नदी किनारमा सफाइ गरिएको छ । उक्त सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् ।&...
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शनिवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३ जना नयाँ संक्रमित थपि...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रम सरकार आफैँले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रलाई स्वास्थ्य बीमा कार्यक्रम दिन नमिल्ने उनको तर्क छ । शनिवार काठमाडौंमा आयोज...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...