
काठमाडौं, ८ साउन – 'ठमेल बजार' की गायिका मीना निरौलाले तीजको अवसरमा आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् । जुन गीतमा नायिका मिथिला शर्मा र दिया मास्केले अभिनय गरेका छन् ।
‘वर्षदिनको तीजमा’ बोलको गीतमा चेलीका वेदना र रुँदै माइत जानुपरेको यर्थाथलाई चेतन कार्कीले गीतमा संकलन गरेका छन् । म्युजिक भिडियोलाई समन अधिाकारीले निर्देशन गरेका छन् भने छायांकन शिवराम श्रेष्ठको रहेको छ ।