१६ असार २०८३, मंगलबार

विस्तारित बैठक सम्पन्न

विस्तारित बैठक सम्पन्न

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको विस्तारित बैठकले मधेस प्रदेशअन्तर्गत आठ जिल्लाको सङ्गठनको सदस्यता अद्यावधिक गरी यही असार मसान्तभित्र प्रदेश समितिलाई बुझाउने निर्णय गरेको छ । 

मधेस प्रदेशका आठवटै जिल्ला सङ्गठनको अधिवेशन आगामी साउन १५ भित्र गरिसक्ने र प्रदेश अधिवेशन साउन २८ र २९ गते गरिने भएको छ ।  बैठकले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय प्रचार विभागबाट सञ्चालित कलम पत्रिका र कलम अनलाइन मधेस प्रदेशबाट समाचार सम्प्रेषण गर्न प्रदेश प्रतिनिधिका रूपमा सङ्गठनका मधेस प्रदेशका संयोजक बृजलाल पासवान र जिल्ला सम्वाददाता पर्साबाट रवीन्द्र कार्की, सर्लाहीबाट क्षितिज विश्वकर्मा, सप्तरीबाट अनिल पोखरेल, बाराबाट अजय साह, रौतहटबाट अस्मिता गिरी र धनुषाबाट अवुल साहलाई जिम्मेवारी दिएको छ ।

    नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा मधेस प्रदेश उपाध्यक्ष रामचन्द्र साहको उपस्थितिमा भएको कार्यक्रममा केन्द्रीय प्रचार विभागका सचिव प्रकाश खतिवडा, सङ्गठनका उपाध्यक्ष शीतल साह, सङ्गठनका महासचिव भुपराज खड्का र सङ्गठनका मधेस प्रदेशका इञ्चार्ज सुभाष साहलगायतको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्