कात्तिक ३०, २०८०
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
असार १९, २०७९
पश्चिमी सैन्य संगठन नेटोको गत साता सम्पन्न शिखर सम्मेलनले रुस (र चीन) सँगको द्वन्द्व चर्काउन विभिन्न गतिविधि गरेको छ । स्पेनको राजधानी मड्रिडमा सम्पन्न उक्त सम्मेलनमा केही महत्त्वपूर्ण घटनाक्रम विकसित भए जसको दीर्घकालीन परिणाम विश्वले भोग्नेछ ।
वर्षौंदेखि तटस्थ हैसियतमा रहेका फिनल्यान्ड र स्विडन नेटोको सदस्य बन्ने लगभग पक्कापक्की भएको छ । टुर्कियेले उनीहरूलाई सदस्य बन्नमा लगाएको तगारो अन्तिम समयमा हटाएपछि उनीहरू मड्रिड सम्मेलनमा पर्यवेक्षकको हैसियतमा सहभागी भए । उनीहरूको प्रवेशसँगै रुसविरुद्ध नेटोको सीमाक्षेत्र बढ्ने भएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही नचलाएको भए फिनल्यान्ड र स्विडन नेटोमा जोडिने थिएनन् त्यसैले यो कदम पुटिनका लागि प्रत्युत्पादक बनेको पश्चिमी सञ्चारमाध्यमहरूको दाबी छ । तर कुनै पनि निष्कर्षमा पुग्नुअघि पुटिनले यसमा जनाएको प्रतिक्रियालाई विचार गर्नुपर्ने हुन्छ ।
गत साता तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा आयोजित क्यास्पियन शिखर सम्मेलनमा पुटिनले फिनल्यान्ड र स्विडन जुनसुकै संगठनमा जोडिन स्वतन्त्र रहेको प्रतिक्रिया दिए ।
ती मुलुकहरूसँग रुसको सीमाविवाद नरहेको बताउँदै पुटिनले उनीहरू नेटोमा जोडिएपछि उनीहरूको भूमिमा नेटोको सैन्य संरचना तैनाथ गरिएमा चाहिँ रुसले त्यसको उचित जवाफ फर्काउने र आफूहरूलाई जोखिम आएजस्तै उनीहरू पनि जोखिममा पर्ने चेतावनी दिएका छन् ।
त्यसो त रुसका अधिकारीहरूले फिनल्यान्ड र स्विडन नेटोमा जोडिएमा रुसले सैन्य सन्तुलन पुनर्बहाली गर्नका लागि बाल्टिक क्षेत्रमा आफ्नो सैन्य तैनाथी बढाउन बाध्य हुने चेतावनी दिँदै आएका छन् । उनीहरूको संकेत बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग कालिनिनग्राडमा आणविक हतियार तैनाथीतर्फ रहेको छ ।
तर पुटिनको भनाइमा विश्वास गर्ने हो भने फिनल्यान्ड र स्विडन नेटोमा जोडिए पनि त्यसमा रुसले धेरै आपत्ति जनाउने छैन । त्यसका केही कारणहरूका बारेमा अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोले चर्चा गरेका छन् ।
उनका अनुसार, फिनल्यान्ड र स्विडन दुवै वर्षौंदेखि नेटोका वस्तुगत सदस्य थिए र अहिले आएर उनीहरू कानूनी रूपमा आधिकारिक सदस्य बन्दैमा त्यसले धेरै फरक पार्दैन ।
दोस्रो, नेटोले युक्रेनमा झैं गरी ती दुई देशमा गोप्य रूपमा सैन्य संरचना बनाएको छैन । तर भविष्यमा नबनाउला भन्न सकिँदैन र बनाएछ भने पनि त्यसको उचित बन्दाबस्त गर्न सकिने आत्मविश्वास रुससँग छ । फिनल्यान्ड बढी आक्रामक बनेमा जर्जियामा जस्तो ‘फ्रोजन कन्फ्लिक्ट’ गराउने रणनीति रुसले अपनाउन सक्छ ।
तेस्रो, पुटिनले भनेअनुसार ती दुई देशसँग रुसको सीमाविवाद नभएकाले युद्धको स्थितिसम्म पुग्ने ‘फ्ल्याशपोइन्ट’ विद्यमान छैन । दोस्रो विश्वयुद्धताका तत्कालीन सोभियत संघ र फिनल्यान्डबीच भएको युद्धमा फिनल्यान्डले कारेलिया गुमाएको भए पनि त्यसलाई फिर्ता लिनका लागि त्यस देशका मुख्य राजनीतिक दलले कुनै चासो देखाएका छैनन् । भूभागीय विवादका आधारमा रुसविरोधी गतिविधिको अवसर नेटोले पाउन सक्ने स्थिति छैन ।
त्यसैले रुसलाई त्यति चित्त नबुझेको भए पनि फिनल्यान्ड र स्विडन नेटोमा जोडिँदा रुसको अस्तित्व नै खतरामा परेको चाहिँ हैन । उल्टो, नेटोमा जोडिँदा रुसको कोपभाजनको शिकार बन्ने जोखिम चाहिँ ती दुई देशलाई आइलागेको छ किनकि आफ्नो अस्तित्व जगेर्नाका लागि नेटोसँग पनि भिड्न तयार रहेको संकेत रुसले दिएको छ ।
अहिले नै रुसी आकाश प्रयोग गर्न नपाउँदा फिनल्यान्डका एयरलाइन्सहरूलाई अतिरिक्त भार परेको छ । फिनएयरको एसियाली कारोबार लगभग बन्द हुन लागेको छ ।
मड्रिड शिखर सम्मेलनको अर्को महत्त्वपूर्ण घटनाक्रमका रूपमा नेटोको सबभन्दा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति जो बाइडनले नेटोको सम्पूर्ण भूभागको प्रतिरक्षाका लागि युरोपमा अमेरिकी सैनिकहरूको संख्या बढाउने घोषणा गरे । रुसबाट नेटो सदस्यहरूलाई जोखिम बढेको भन्दै त्यसको निवारणका लागि रोमानियामा पाँच हजार सैनिक राखेर अमेरिकाले युरोपमा रहेका सैनिकको संख्या एक लाख पुर्याएको छ ।
त्यससँगै बाइडनले जर्मनी र पोल्यान्डमा पनि अमेरिकी सैनिकहरू पुनः तैनाथ गर्ने घोषणा गरेका छन् । इराक र अफगानिस्तान युद्धमा पराजयपछि विश्वका अन्य कुनामा अमेरिकी सैनिकहरूको तैनाथीलाई क्रमशः घटाउने अमेरिकी जनचाहनाविपरीत ‘बूट्स अन द ग्राउन्ड’मा बाइडनले जोड दिइरहेका छन् ।
अमेरिकाले रुससँग सीमा जोडिएको मुलुक पोल्यान्डमा यूएस फिफ्थ आर्मी कोर्प्सको स्थायी केन्द्रीय कार्यालय पनि स्थापना गर्नेछ । उसले युरोपको सुरक्षालाई बलियो बनाउन विशेष सैन्यबल, सशस्त्र वाहनका साथै हवाई प्रतिरक्षाको तैनाथीमा पनि वृद्धि गर्ने बताएको छ ।
नेटोको नयाँ रणनीतिक अवधारणमा रुसलाई सबभन्दा उल्लेख्य तथा प्रत्यक्ष जोखिम मानिएकाले त्यस खतरालाई न्यूनीकरण गर्नका लागि सैन्य तैनाथी बढाइएको हो । तदनुरूप बेलायतलाई थप दुई एफ–३५ लडाकू विमान, जर्मनी र इटलीलाई हवाई प्रतिरक्षा तथा अन्य क्षमता, स्पेनमा राखिएका चारवटा डिस्ट्रोयर जहाजको संख्या बढाएर ६ वटा पुर्याइने लगायतका गतिविधि गरिएका छन् ।
मड्रिड सम्मेलनअघि नेटोले आफ्नो द्रुत प्रतिक्रिया बलको संख्या ह्वात्तै बढाउने घोषणा गरेको थियो । नेटो महासचिव जेन्स स्टोल्टनबर्गले हाल विद्यमान त्यस्ता ४० हजार सैनिकको संख्या बढाएर चार लाखभन्दा बढी सैनिक तैनाथ गर्ने घोषणा गरेका थिए ।
स्टोल्टनबर्गले यी सैनिकहरू कहाँ तैनाथ गर्ने भनी स्पष्ट पारेनन् । तर नेटोको नयाँ योजनाअनुसार कुनै एक सदस्य मुलुकमाथि आक्रमण भएको खण्डमा १० दिनभित्र एक लाख सैनिक तथा एक महिनाभित्र थप दुई लाख सैनिक तैनाथ गर्ने क्षमता चाहिँ नेटोले प्राप्त गरेको छ ।
तर रुसलाई तर्साउनका लागि नेटोले आफूलाई विस्तार गरिरहेको हो भने ऊ त्यसमा खासै सफल देखिएको छैन । नेटो सदस्य लिथुएनियासँग कालिनिनग्राडमा रेलमार्गमार्फत सामान आपूर्ति विषयमा रुसको विवाद चर्किएको बेलामा रुसले त्यहाँ उचित कारवाही गर्ने चेतावनी दिएको छ ।
पढनुहोस्, यो पनि :
अर्को बाल्टिक मुलुक तथा नेटो सदस्य इस्टोनियाको हवाईक्षेत्रमा रुसका सैन्य हेलिकप्टरहरू हालैका दिनमा बाक्लै गरी उडिरहेका छन् । बाल्टिक मुलुकहरूले निहुँ खोजेपछि उनीहरूसँग सीमा जोडिएको मुलुक बेलारुसलाई आणविक हतियार र आणविक क्षमताका क्षेप्यास्त्र दिने चेतावनी पनि पुटिनले दिएका छन् । यस्तो घटनाक्रमलाई नियाल्दा नेटोको विस्तारका कारण तर्सिनुको साटो रुस झन् सुरिँदै गएको देखिन्छ ।
रुस यसरी सुरिइरहेको बेलामा नेटोले चीनलाई पनि शत्रुका रूपमा प्रस्तुत गर्दै चीनले नेटोविरुद्ध प्रणालीगत चुनौती तेर्स्याएको नेटोको भनाइ छ । रुस र चीनले आफूहरूको मित्रता सीमाहीन रहेको भन्दै घनिष्ठ साझेदारीको उद्घोष गरिरहँदा नेटोले युरोपका साथै हिन्द–प्रशान्त क्षेत्रमा पनि ध्यान दिने संकेत देखाएको छ । यसरी दुईवटा मोर्चामा एकैपटक ध्यान केन्द्रित गर्ने क्षमता नेटोसँग छ कि छैन भन्ने ज्वलन्त प्रश्न छ ।
पढनुहोस्, यो पनि :
रुसलाई युरोपमाथि आक्रमण गर्नबाट रोक्नका लागि निवारण संयन्त्रका रूपमा नेटो उभिएको भन्ने भाष्य युक्रेन युद्धले चकनाचुर बनाइदिएको छ ।
त्यही मापदण्ड अपनाएर नेटोले हिन्द प्रशान्त क्षेत्रमा पश्चिमी प्रभुत्वको सुरक्षा संरचना बनाउँदै चीनको घेराबन्दी गर्न खोजेमा त्यस संरचनालाई बेइजिङले ध्वस्त पार्नुको विकल्प नरहने टाइम पत्रिकामा चार्ली क्याम्पबेल लेख्छन् । त्यसमा रुसको दह्रो साथ चीनले पाउनेछ जसबाट नेटोको अस्तित्व समेत खतरामा पर्न सक्छ ।
नेटोलाई किन यसरी आक्रामक रूपमा विस्तार गरिँदैछ त ? यसमा अमेरिकाको हतियार बिक्रीको स्वार्थ रहेको विश्लेषकहरू बताउँछन् ।
युक्रेनलाई युरोपेली मुलुकहरूसँग रहेको सोभियतकालीन हतियार सहयोगका रूपमा दिन लगाएर अमेरिकाले आफ्ना हतियार बेच्ने प्रपञ्च रचेको हो । नेटोका नयाँ दुई आकांक्षी फिनल्यान्ड र स्विडनलाई पनि अमेरिकी हतियारको नशा लगाउन खोजिँदैछ । नेटो मुलुकहरूलाई आफ्नो रक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको कम्तीमा २ प्रतिशतले बढाउने प्रतिबद्धता व्यक्त गर्न लगाएर अमेरिकाले आफ्ना हतियार खरिदका लागि उनीहरूलाई प्रेरित गरिरहेको हुनसक्छ ।
अमेरिकाले हतियार व्यापारमार्फत आफ्नो पतनोन्मुख अर्थतन्त्र तथा विश्व प्रभुत्वलाई पुनर्ताजगी दिँदै चीनसँगको प्रतिस्पर्धामा दह्रो खुट्टा टेक्न खोजेको चीनले चित्त बुझाएको छैन । त्यसैले रुससँग मिलेर नेटोलाई बेकामे बनाउन चीन क्रमशः प्रेरित भइरहेको छ । यसरी अन्धाधुन्ध विस्तारको प्रयास गरी नेटोले आफ्नो चिहान आफैं खनिरहेको आभास हुन्छ ।
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
‘मंसिर ७ पछि के हुन्छ ?’ दशैंतिहारमा गाउँबाट शहर फर्केकादेखि विदेश बस्ने चिनजानका साथीसम्मले प्रश्न गरेपछि मात्र मलाई दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न लागेको थाहा पाएको थिएँ । प्रश्...
यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्...
गत चुनावबाट बालेन साह, रवि लामिछाने र हर्क साम्पाङहरूको उदयपछि परम्परागत दलसामु देखिएको चुनौती टरेको छैन । यही बेला अर्का एक व्यवसायीले पनि दलहरूसामु चुनौती खडा गर्ने गरी अभियान थालेका छन् । २०६४ सालयत...
विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनका राष्ट्र प्रमुखहरूबीच भएको महत्त्वपूर्ण भेटवार्ताले विश्व तरंगित बनेको छ । एकले अर्काको अस्तित्व सहर्ष स्वीकार गर्न तयार नहुने अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...