सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकाका थप ३ स्थानमा शाखा विस्तार गरेको छ । १५ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंकले काठमाडांैको ठूलो भ¥याङ, थली र बूढानीलकण्ठमा शाखा विस्तार गरेको हो । यससँगै काठमाडांै उपत्यकाभित्र बैंकको ३२ वटा शाखाहरू सञ्चालनमा आएका छन् ।
आइतवारदेखि सञ्चालनमा आएका ती शाखाहरूबाट त्यस क्षेत्रका बैंकका ग्राहकहरूलाई सुविधा पुग्ने छ । सुविधा सम्पन्न ती शाखाहरूमार्फत् ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गरिनुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
बैंकले हालै काठमाडाैंको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ ।
सिटिजन्स बैंकले रु १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरी रु १ खर्ब ३४ अर्ब कर्जा प्रबाह गरिरहेको जनाएको छ । सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७७ वटा शाखा, १२९ वटा ए.टि.एम. र ९६ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिव १४ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।