×

X
Nic Asia
Dabur
Marvel

मानिसको हत्केला र पैतालामा किन रौँ आउँदैन ?

काठमाडाैं | असार २०, २०७९

Premier Steels
TVS INSIDE
British college

तपाईंले याद गर्नुभएको छ ? धेरै जनावरहरूको हत्केला र खुट्टामा कपाल हुन्छ, तर मानिसहरूको हत्केला र पैतालामा कपाल हुँदैन । आखिर, यसको पछाडिको कारण के हो ? 

IME BANK INNEWS

एक विज्ञान वेबसाइटको रिपोर्टका अनुसार यो लामो समयदेखि विश्वभरका वैज्ञानिकहरूका लागि रहस्य बनेको थियो । तर सन् २०१८ मा एक अध्ययनले यो रहस्य उजागर गरेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

हत्केला र पैतालामा कपाल किन हुँदैन भन्ने रहस्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यसको वैज्ञानिक कारणबारे युनिभर्सिटी अफ पेन्सिल्भेनिया छाला विशेषज्ञ सारा मिलरले यसबारे जानकारी दिएकी छन् ।

सारा मिलरले एक वेबसाइटलाई कपालमा धेरै अनुसन्धान भइसकेको बताइन् । शरीरमा डब्ल्यूएन्टी नामक एक प्रकारको प्रोटिन रहेको उनको भनाइ छ । 


Advertisment
mahindra Box
Saurya island

यो प्रोटिनले मेसेन्जरको रूपमा काम गर्दछ, कपालको वृद्धि, स्पेस र कोशिकाहरू बीचको वृद्धिको बारेमा जानकारी प्रदान गर्दछ । 

यस प्रोटिनले प्राप्त हुने संकेतहरू कपालको वृद्धिका लागि आवश्यक हुन्छ ।  ‘हाम्रो शरीरका जुन भागमा प्राकृतिक रूपमा कपाल बढ्न सक्दैन, त्यसमा इन्हिबिटर हुन्छ जसले प्रोटिनलाई काम गर्न दिँदैन । अवरोधक पनि एक प्रकारको प्रोटिन हो जसलाई डीकेके २ भनिन्छ । यो थाहा पाउन मुसामाथि अनुसन्धान गरिएको उनले बताइन् । 

Vianet communication
Sanima Bank

उनीहरूले मुसाबाट डीकेके २ प्रोटिन निकाल्दा उनीहरूको हत्केलामा कपाल नउम्रने ठाउँमा पनि आउन थालेको थियो । यसपछि खरायोमा अध्ययन गरियो । खरायोमा गरिएको अध्ययनले पत्ता लगायो कि यो प्रोटिन उनीहरूको शरीरमा एकदमै थोरै मात्रामा पाइन्छ, जसका कारण उनीहरूको हात र खुट्टामा धेरै कपाल उम्रन्छ । अब तपाईंको दिमागमा प्रश्न उठिरहेको होला कि यो प्रोटिन किन छ ?

यद्यपि, वैज्ञानिकहरूले अहिलेसम्म यी प्रोटिनहरूको उपस्थितिको कारण के हो भनेर पत्ता लगाउन सकेका छैनन् । जैविक विकासका कारण जीवमा प्रोटिन पाइने उनले बताइन् । 

भालु, खरायोजस्ता जनावरहरू ढुंगा र अस्तव्यस्त सडकमा हिँड्ने गरेकोले हात खुट्टामा कपाल पलाउने गरेको उनी बताउँछिन् । मानिसको हत्केला र पैतालामा कपाल पलायो भने समस्या हुन्छ ।

Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

गत साउन २७ गतेदेखि भक्तपुरमा शुरू भएको गाईजात्रा पर्व शुक्रवारदेखि पूरा गरिएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरू भएको गाईजात्रा पर्व शुक्रवार पुनःतलेजुको पूजा गरेपछि सम्पन्न भएक...

भदौ ३, २०७९

पछिल्लो २४ घण्टामा मुलुकभर ६२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९४५ नमूना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।  मन्त्रालयका अनुसार १ हज...

भदौ ३, २०७९

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।  नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई...

भदौ ३, २०७९

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ । यस अवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको...

भदौ ३, २०७९

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–६ ठूलापोखरामा शुक्रवार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा पर्व मनाइएको छ । तस्वीर : प्रेमनारायण आचार्य/रासस

भदौ ३, २०७९

मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा ८८ वर्षपछि यस वर्ष प्रदर्शनमा आएको प्राचीन महाकाली नाच सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात भाद्र द्वितीयाको साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुँदै आएको ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x