साउन २६, २०७९
प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको ...
काठमाडाैं | असार २१, २०७९
भारतको दिल्ली प्रहरीले फिल्ममेकर लीना मनिमेकलाईविरुद्ध मुद्दा दर्ता गरेको छ । दिल्ली प्रहरीको आईएफएसओ इकाईले लीनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उनको डकुमेन्ट्री ‘काली’ को पोस्टरले धार्मिक भावनामा चोट पुर्याएको आरोप छ ।
उनले आफ्नो डकुमेन्ट्री 'काली' को पोस्टर सार्वजनिक गरेकी थिइन् । त्यसमा 'माता' काली बनेकी अभिनेत्रीले चुरोट पिइरहेको देखाइएको छ ।
पोस्टरमा एक हातमा कालीको त्रिशूल र अर्को हातमा एलजीबीटीक्यूको झण्डा देखाइएको छ, यसले विवादलाई झन् बढाएको छ ।
पोस्टर रिलिजपछि बढ्दो विवाद देखेर लीनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'मसँग गुमाउनका लागि केही छैन । म सधैं निडर भएर बोल्नेहरूका पक्षमा आफ्नो आवाज उठाउनेछु । यदि यसको मूल्य मेरो जीवन हुनेछ भने म त्यो पनि दिन सक्नेछु ।'
लीनाले आफ्नो फिल्म टोरन्टोको आगा खान म्युजियममा ‘रिदम अफ क्यानडा’ कार्यक्रमको एक हिस्सा भएको बताएकी थिइन् ।
विरोधपछि लीनाले तमिलमा पोस्ट सेयर गर्दै लेखेकी छन्, 'यो फिल्म एउटा घटनाको कथा हो जसमा एक साँझ काली प्रकट हुन्छिन् र टोरन्टोको सडकमा घुम्छिन् । यदि तपाईंले फिल्म हेर्नुभयो भने तपाईंले मलाई पक्राउ गरेको ह्यासट्यागको ट्वीटमा होइन कि मलाई मनपर्ने ह्यासट्यागको ट्वीटमा शेयर गर्नुहुनेछ ।'
लीना तमिल नाडुको मधुरैमा जन्मेकी हुन् । उनी क्यानडाबेस्ट फिल्ममेकर हुन् ।
प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको ...
भारतीय चलचित्रका सुपरस्टार सलमान खान ‘टाइगर–३’ र ‘भाइजान’को शूटिङमा व्यस्त छन् । उनले व्यस्त दैनिकीबीच समय निकालेर भारतीय नौसेनाहरूसँग समय बिताएका छन् । व्यस्तताका बीच उनी आईएनइ...
‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा...
वैशाखयता एक दर्जनभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् । वैशाख १ गते झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आयो । चलचित्रले लगानी त उठायो, तर निकै सकसका साथ । ...
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘फूलबारी’ निर्माण हुने भएको छ । बुधवार साँझ राजधानीका पत्रकार सम्मेलनको आयोजना गर्दै दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका...
गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...