१० साउन २०८३, आइतबार

एनएमबि बैंकले गर्‍यो सुर्खेतको सरस्वती प्राथमिक विद्यालयको मर्मतसम्भार

एनएमबि बैंकले गर्‍यो सुर्खेतको सरस्वती प्राथमिक विद्यालयको मर्मतसम्भार

एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनर्संरचना/सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।

एक कार्यक्रम आयोजना गरी बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरू खुल्ला चौरमै पढन बाध्य थिए । 

उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौली लगायत उपस्थित थिए भने विद्यालयको तर्फबाट विद्यालय ब्यवस्थापन समिती शिक्षक तथा बिद्यार्थी र पत्रकारहरु लगायत सदस्यहरु उपस्थित थिए ।

उक्त कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गरे ।

बैंकले वित्तीय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए ।

‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं ।’ प्रधानाध्यापक खड्काले भने, ’वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ । ’

salt training

कमेन्ट गर्नुहोस्