२५ असार २०८३, बिहीबार

राष्ट्रपति गोटाबायाको स्विमिङ पुलमा प्रदर्शनकारीको 'डाइभ' ! [भिडियोसहित]

असार २५, २०७९
राष्ट्रपति गोटाबायाको स्विमिङ पुलमा प्रदर्शनकारीको 'डाइभ' ! [भिडियोसहित]

श्रीलंकाको राजधानी कोलम्बोको स्थिति तनावपूर्ण बनेको छ ।

हजारौँ प्रदर्शनकारी राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । 

आन्दोलनकारीहरूले राष्ट्रपतिको सरकारी भवनमाथि कब्जा जमाएका छन् । 

सो भवनको स्विमिङ पुलमा गएर प्रदर्शनकारीहरूले पाैडी खेलेको भिडियो सार्वजनिक भएको छ । 

श्रीलंकामा आर्थिक संकट चुलिएपछि त्यहाँका जनता आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लामो समयदेखि दैनिकजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले विशेष गरेर मन्त्री तथा सरकारी अधिकारीहरुका निवासलाई लक्षित गर्दै घेराउ तथा प्रदर्शन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्