१६ असार २०८३, मंगलबार

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

असार २६, २०७९
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

पछिल्लो समय युक्रेनले विभिन्न दाताहरूबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ । सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले दिएका हुन् ।

सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरूबाट प्राप्त हुन लागेको र विकास तथा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत् सो रकम प्राप्त हुने पनि समाचारमा जनाइएको छ ।

विकास र पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोगमार्फत् सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ ।

यहाँका औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो सहायता रकमको उपयोग गरिने जानकारी प्रधानमन्त्री डेनिसले दिएका छन् ।

रुसको आक्रमणमा परेको युक्रेनले सन् २०२२ को अन्त्यसम्ममा करीब २० अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने योजना बनाएको यहाँका अर्थमन्त्रीले जानकारी दिएका छन् ।

अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गर्ने वाचा पनि गरेका छन् । -रासस/सिन्ह्वा 

salt training

कमेन्ट गर्नुहोस्