
अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् ।
देशको क्यालिफोर्नियामा आइतवार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
स्थानीय समय अनुसार राति १२ः४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेका थिए ।
तीमध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।
अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् ।
गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुकसम्बन्धी विद्यमान कानूनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ । - रासस/सिन्ह्वा