१३ साउन २०८३, बुधबार

स्वदेशी लगानीमा सञ्चालित नेपालकै पहिलो मारुती सिमेन्ट, बजारमा दबदबा कायमै

स्वदेशी लगानीमा सञ्चालित नेपालकै पहिलो मारुती सिमेन्ट, बजारमा दबदबा कायमै

आजभन्दा करीब १५ वर्ष अगाडि स्थापना भएको सिमेन्ट उद्योग हो मारुती सिमेन्ट उद्योग ।

१५ वर्षअगाडि नेपालमा स्वदेशी लगानीमै स्थापना भएको मारुती सिमेन्ट पहिलो सिमेन्ट उद्योगको रुपमा आजप्रयन्त अगाडि नै रहेको छ ।  

विदेशी सिमेन्ट उद्योगहरूको दबदबा रहेको अवस्थामा मारुती सिमेन्ट उद्योग स्थापना गरिएको थियो ।

नेपालकै नम्बर १ ब्राण्ड बन्न सफल मारुती सिमेन्टले अहिले करिब ३ हजार मेट्रिक टनसम्म उत्पादन गर्ने क्षमता राख्दछ ।

अबको केही समयमै आफ्नो क्षमता वृद्धि गर्दै दैनिक ५५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने तयारीमा कम्पनी रहेको छ ।  

मारुतीले उदयपुर–सिन्धुली पहाडी रेन्जको सोही गुणस्तरको चुनढुंगाको प्रयोग गर्दै आइएको छ ।  

सो रेन्जको चुनढुंगा सिमेन्टका लागि अत्यन्तै उत्कृष्ट मानिन्छ ।  

नेपाल गुणस्तर विभागले ओपीसी सिमेन्टमा एमजीओको मात्रा ५ प्रतिशत वा त्योभन्दा कमलाई उत्कृष्ट मापदण्डमा राखेको छ ।

मारुती सिमेन्टले आफ्नो क्लिंकरमा एमजीओको मात्रा ३ प्रतिशतभन्दा कम प्रयोग गर्दै आएको उद्योगको दावी छ  ।

अत्याधुनिक प्रविधिद्वारा मारुतीले सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।

मारुती सिमेन्टलाई गुणस्तरका आधारमा विभिन्न सम्मान पनि दिइँदै आइएको छ ।

क्लिंकर र ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणका लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड एनएस/आईओएस ९००१ : २०१५ र क्लिंकर तथा ओपीसी सिमेन्ट ग्राइन्डिङ र प्याकिङका लागि एनएस/आईएसओ १४००१ : २०१५ द्वारा सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी हो ।

यस्तै यस उद्योगले एनएस क्वालिटी अवार्ड–२०१९ को लागि पनि सम्मानित भएको छ ।

पछिल्लो समयमा पनि मारुती सिमेन्ट ‘हाई कम्प्रेसिभ स्ट्रेन्थ’ ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।

बजारमा उस्तै प्रतिस्पर्धा

पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगको व्यवसाय खस्कँदो छ । यस्तो अवस्थामा पनि मारुती सिमेन्टले अन्य कम्पनीहरूसँगको प्रतिस्पर्धालाई कायमै राखेको छ ।

मारुती सिमेन्टले आफ्नो नम्बर १ ब्राण्डलाई कायमै राखेको छ ।

यति मात्रै नभएर मारुती सिमेन्टले बजारमा आफ्नो उपस्थितिलाई अझै दमदार बनाउन उत्पादन क्षमतामा विस्तार गर्ने अन्तिम तयारी गरेको छ ।

हाल दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आइरहेको मारुतीले अबको केही महिनामै दैनिक ५५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी काम गरिरहेको छ ।

मारुतीले अहिले बजारमा धेरै उत्पादन गरेर पनि राम्रो बिक्री नभएको भन्दै ५५ सय मेट्रिक टन क्षमतामा सिमेन्ट उत्पादन गरेको छैन ।

बजारमा माहोल राम्रो सिर्जना हुने बित्तिकै थपिएको उत्पादन क्षमतामा काम थाल्ने कम्पनीको भनाइ छ ।

कम्पनीले अहिले विभिन्न ठूला भवन तथा घरहरूमा काम आफ्नो सिमेन्ट प्रयोग भइरहेको बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्