०९ साउन २०८३, शनिबार

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरूले  क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत  शंकर केसीले हस्ताक्षर गरेका छन् ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरूले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरूमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो । 

सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरूले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधिनमा रहि क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्नेछ ।  

मोको डिजिटल वालेटमा कार्डहरू लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने बैंकले जनाएको छ । 

क्रेडिट कार्डवाहकहरूले समेत क्युआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुने बैंकले बताएको छ ।  

सेञ्चुरी कमर्सियल बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्