०२ असार २०८३, मंगलबार

नास्टले परिणाम देखिने गरी काम गर्नुपर्छः मन्त्री पौडेल

नास्टले परिणाम देखिने गरी काम गर्नुपर्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्राज्ञसभामा बौल्दै उनले विभिन्न विश्वविद्यालयहरूसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन् । 

नास्टले सबै विश्वविद्यालयहरूसँगको सहकार्य गर्दै अनुसन्धान केन्द्रित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने मन्त्री पौडेलको धारणा थियो । उनले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरी विकासमा सेवा पुर्‍याउने गरी नाष्टले काम गर्दै आएकोमा प्रशंसा गरेका थिए । उनले नास्टले सरकारलाई विभिन्न समयमा दिएको परामर्श तथा प्रतिभाशाली व्यक्तिहरुको पहिचान गरी प्रोत्साहन गर्न पुर्‍याएको योगदान स्मरणयोग्य भएको उल्लेख गरे ।

मन्त्री पौडेलले ‘विज्ञान तथा प्रविधि नीति २०६४’, ‘विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५’, तथा ‘नीति कार्यान्वयन खाका २०७७’ तर्जुमा भइसकेको जानकारी दिँदै यस्ता नीतिगत व्यवस्थाले विज्ञान एवं प्रविधि क्षेत्रको प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्