×

NMB BANK
NIC ASIA

कविता– कठै मेरो देश !

साउन २, २०७९

NTC
Premier Steels
  • रमेश थापा

यो मेरो सानो देश
जहाँ केन्द्रीय सरकार छ
यही सानो देशभित्र
सात प्रदेश सरकार छन्
यही  सानो देशभित्र
सात सय त्रिपन्न स्थानीय सरकार छन्
यही सानो देशभित्र
छ हजार सात सय त्रिचालीस वडाहरू छन्
जहाँ जनताका आशाहरू फुलाउन
जनताले नै पठाएका छन् चुनेर
जनप्रतिनिधिहरू ।

Muktinath Bank

विडम्बना !
राणाहरू हराएको मेरो देश
राजाहरू पलायन भएको मेरो देश
राणाशासन इतिहास बनेको मेरो देश
राजतन्त्रको अस्तु सेलाएको मेरो देश
सर्वहाराले आन्दोलन गरेको मेरो देश
श्रमजीवीको नारा बोकेको मेरो देश
प्रजातन्त्रमा विश्वास गर्ने मेरो देश
लोकतन्त्र जन्माउने मेरो देश
गणतन्त्र संस्थागत गर्ने मेरो देश
आज
व्यवस्था परिवर्तन भए पनि
पद्धति परिवर्तन हुन सकेन
कठै मेरो देश !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको विकास गर्छु भन्नेहरूले
विकास र विनाश छुट्याउन सकेनन्
जनतालाई सुविधा दिन्छु भन्नेहरूले
आफैले सुविधा लिन छोडेनन्
समृद्ध नेपाल सुखी नेपाली
जो कहिरहेका छन्
उही भ्रष्टाचार रोक्न सक्दैन
समाजवादको पाइला चाल्नेहरू
सामाजिक समानता र समतामा
हेक्का राख्दैनन्
विकासको मात्र भाषण गर्नेहरू पनि
बजेट समायोजन गर्न जान्दैनन्
अर्जुनदृष्टि बोकेर हिँड्नेहरू
चुहावट टाल्न सक्दैनन्
हिजो गरिबको नारा बोक्नेहरू
आज धनी भएका छन्
ती गरिबका आशीर्वाद थापेर
गरिबमाथि नै खेलबाड गरिरहेका छन्
राजनीति गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

देश सिङ्गापुर बनाउँछु भन्नेहरू
छोराछोरी अष्ट्रेलिया, अमेरिका पठाउँछन्
आन्दोलनका नाममा
गरिबका छोराछोरी प्रयोग गर्छन्
परिवर्तनका लागि
टाउको फुटाउँछन्
ती युवाहरू
आफ्नो पेट र परिवार पाल्न
खाडी मुलुक धाउँछन् ।

Vianet communication

शायद
भिआईपीहरू नघुमेको दिन हुँदैन
दुखीको फुर्सद एकछिन हुँदैन
उता सेवाग्राहीहरू भुलेको भुल्यैछन्
कर्मचारीहरू डुलेको डुलै छन्
उद्देश्य उस्तैउस्तै छ
सेवाग्रााहीको काम बनोस्
कर्मचारीको दाम बनोस्

आखिरी
जनताले पालेका कर्मचारीले
जनताको पसिना र श्रम किन बुझ्दैन
विकास होस् वा निकास
आनाकानी गर्ने नेता पनि
जनमतको कदर गर्दैन ।

वास्तवमा
इमान्दारीता र नैतिकता बेच्नै पर्ने
क्षमता र योग्यता देखाउँदै
चाकरी गर्नै पर्ने
ऋण गरेरै पढ्नुपर्ने
ऋण गरेरै जागिर खानुपर्ने
कुनै एउटा काम गर्न
साइनो लाउनुपर्ने
चाहे वंशावली नाता होस्
चाहे राजनैतिक नाता
होइन भने
महिनौँ धाउनुपर्ने
यो कुशासनमा ।

आखिरी
समय जहाँ पुगे पनि
बन्दैनन् जनता आत्मनिर्भर
र चाहँदैनन् बनाउन नेताहरू
सत् र असत् यथार्थमा
जनताले नछुट्याएसम्म
हुँदैनन् नेपाली स्वावलम्बी
कटु राजनीतिको तुष
मष्तिष्कबाट नफालेसम्म
बन्दैन मुलुक छिमेकीको
उपनिवेषको छायाँ नहटेसम्म
त्यसैले
म बाँचिरहेछु
बदलिएको व्यवस्था
व्यवस्थित गर्न
व्यवस्थापनसँगै
सुशासन कायम गर्न ।

सबै कुरा भोगेकै छु
नाङ्गिएका तस्वीरहरू
छर्लङ्ग देखेकै छु
त्यता नहेरभन्दा
नटेर्ने लोभी नजरहरू
बेहोसीमा रमाउने
रैथाने निमुखाहरू
झुटोपनामा फसिदिने
सोझा लठुवाहरू
यी सबैलाई देखाउनु छ
परिवर्तित व्यवस्थाका आयामहरू
सिकाउनु छ सबैलाई
नवीनतम् विचारका प्रवाहहरू
हिँडाउनु छ अवश्य
सत्मार्गमा एकैसाथ
हातमा हात समातेर
लखेट्नु छ वैरीलाई
भगाउनु छ अलच्छिन्लाई
दृढ भाइचारा बनेर
त्यसैले
जति चोट खाए पनि
धोकैधोका पाए पनि
गन्तव्यमा नपुगुन्जेलसम्म
मैले जीवनबाट
हरेस खाएको छैन
म हारेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x