×

NMB BANK
NIC ASIA

वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न चौतर्फी दबाब

साउन २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वडाध्यक्षलाई घोक्र्याउँदै पौडी पोखरी (स्वीमिङ पुल) मा हुत्याउने इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई कारबाही गर्न चौतर्फी माग गरिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई डीएसपी केसीले नगरसभा भइरहेको मणिग्रामस्थित एक होटलको ‘स्वीमङपुल’ आइतवार धकेलिदिएका थिए । 

Muktinath Bank

नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले नाराबाजी गरेका थिए । त्यहीँ विषयमा आफ्नो कुरा राख्दै गर्दा डीएसपीलाई आफूलाई अभद्र व्यवहार गर्दै पौडी पोखरीमा फालेको भन्दै वडा अध्यक्ष क्षेत्रीले कारबाहीको माग गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केसीले लछारपछार गर्दै आफूलाई स्वीमिङ पुलमा फालिदिएको बताए । नागरिकको जिउ ज्यानको सुरक्षामा खटिनुपर्ने प्रहरी आफैँ जनप्रतिनिधिमाथि जाई लाग्नु दुःखदायी भएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

नगरसभामा बहुमत संख्या भए पनि एमालेका जनप्रतिनिधिलाई हाजिरी गर्न नदिएर कोरम नपुगेको भन्दै नगर प्रमुखले नगरसभा स्थगित गरेको एमालेको आरोप छ । एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराई गृहमन्त्रीले आफ्ना भाइ मेयर भएको नगरमा प्रहरीले वडा अध्यक्षमाथि ज्यादति गरेको भन्दै डीएसपी केसीलाई कारबाही गर्न माग गरेका थिए । 

Vianet communication
Laxmi Bank

एमाले रूपन्देहीले डीएसपी केसीलाई कारबाही गर्न माग गर्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले वडा अध्यक्ष र एमालेका जनप्रतिनिधिलाई दमन गर्ने प्रहरी र विवादास्पद भूमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारबाही गर्न प्रजिअलाई निवेदन दिएको बताए । 

राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख सन्तोष आचार्यले घटनाका स्थलगत अनुगमन गरी घाइते वडा अध्यक्ष र प्रहरीसँग पनि घटनाको बारेमा छलफल गरिएको बताए । उनले प्रहरीले त्यसरी धकेल्नु मानव अधिकार उल्लंघनको विषय रहेको बताए ।  

एमालेनिकट युवा संगठन युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाणको आडमा निर्वाचित जनप्रतिनिधिमाथि भएको प्रहरी ज्यादतिको विरोधमा नगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।

नियतबस धेकेलेको होइन : डीएसपी केसी 

डीएसपी केसीले नियतबस नभई दुर्घटनाबस् घटना हुन पुगेको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई उहाँहरूले आक्रमण गर्न लाग्नुभयो । उहाँलाई रोक्न खोज्दा धकेलिएर पुलमा खस्नुभएको हो । रियालिटी त्यहीँ हो । को व्यक्ति भनेर चिनेको पनि थिइन,’ डीएसपी केसीले लोकान्तरसँग भने । 

नगरसभा सोमवार पनि स्थगित 

तिलोत्तमा नगरपालिकाको नगरसभाको बैठक पाँचौपटक स्थगित भएको छ । असार २६ गतेदेखि स्थगित हुदै गएको नगरसभा पटक–पटक बस्ने प्रयत्न भएपनि सहमति हुने अवस्था नभएपछि सोमवार पुनः सूचना टाँसेर स्थगित गरिएको छ । 

आइतवार बोलाइएको नगरसभामा गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाणले स्थगित गरेपछि चर्किएको विवादले उग्र रूप लिएपछि सोमवार बैठक बोलाइएको थियो । सोमवार दिउँसो १ बजेका लागि बोलाइएको नगरसभा पौने १ बजे सूचना टाँस गरी स्थगित गरिएको हो । नगर कार्यपालिकाका सदस्य सचिव माधव पोखरेलले सूचना प्रकाशित गरी मंगलबार बिहान ११ बजेसम्मका लागि नगरसभा स्थगन गरिएको उल्लेख गरेका छन् । 

नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुखलगायत नगरसभा सदस्यहरूले पहिले बजेट पास गर्नु पर्ने अडान राखेका छन् । तर, एमालेबाट निर्वाचित उपप्रमुखलगायतका जनप्रतिनिधिहरूले विषयगत समितिहरूको टुंगो यसै नगरसभाबाट लगाउनु पर्ने अडानमा राखेका छन् । दुवै पक्षको अडानका कारण नगरसभा बस्न सकेको छैन । 

कांग्रेसले एमालेले बहुमतको दम्भ देखाएको आरोप लगाउँदै आएको छ । भने, एमालेले सत्ता र शक्तिको दुरुपयोग गरी कांग्रेसले न्यायिक समितिजस्तो गम्भीर विषयलाई अलपत्र पार्न खोजेको आरोप लगाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x