०३ असार २०८३, बुधबार

बेलायतमा अत्यधिक गर्मीका कारण पग्लियो विमानस्थलको धावनमार्ग

साउन ३, २०७९
बेलायतमा अत्यधिक गर्मीका कारण पग्लियो विमानस्थलको धावनमार्ग

बेलायतको राजधानी लन्डनमा रहेको लुटोन विमानस्थलको धावनमार्ग अत्यधिक गर्मीका कारण सोमवार पग्लिएपछि दुई घन्टाका लागि बन्द गरिएको छ । 

अहिले बेलायत सहित युरोपका विभिन्न भागमा अत्यधिक गर्मीका कारण लु चलिरहेकाले जनजीवनमा असर परेको छ । विद्यालय र कार्यालयहरू बन्द गरेर घरैमा काम गर्न भनिएको छ । 

गर्मीका कारण १२ जनाको मृत्यु समेत भइसकेको छ ।

धावनमार्गको सानो हिस्सा पग्लेपछि मर्मतका लागि दुई घन्टा बन्द गरिएको थियो । मर्मतपछि धावनमार्ग पुनः चन थालेको छ । 

त्यस अवधिमा ईजीजेट र रायन एयर दुवैले आफ्ना विमान अन्य विमानस्थलतर्फ डाइभर्ट गरेका छन् । 

मंगलवार बेलायतको तापक्रम ४१ सेल्सियस पुग्न सक्ने मौसम विभागले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्