१३ असार २०८३, शनिबार

प्रेमराजा महतको ‘पीपल डाँडे साईली’ रिलिज, भिडियोमा दीपाश्रीसँग बाँधे जोडी [भिडियोसहित]

प्रेमराजा महतको ‘पीपल डाँडे साईली’ रिलिज, भिडियोमा दीपाश्रीसँग बाँधे जोडी [भिडियोसहित]

नेपाली लोक गायनका हस्ती प्रेमराजा महतको स्वर र अभिनयमा नयाँ लोक गीत ‘पीपल डाँडे साईली’ रिलिज भएको छ ।

बुधवार राजधानीको वानेश्वरस्थित वान सिनेमाजमा एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतमा प्रेमराजा र गायिका अस्मिता परियारको स्वर छ । 

गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् । ट्रि इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमराजा महत स्वयंमले अभिनय गरेका छन् । उनको जोडीका रुपमा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला प्रस्तुत छिन् । 

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा र दीपाश्रीसँगै डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ ।

‘पानको पात’, ‘बाँझो खेतमा’, ‘विदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ३५÷३६ वर्षअगाडि नै तयार पारेको कार्यक्रममा जानकारी दिए । गीत लेख्दा एक मोहरमा २ दाना अम्बा पाइने भन्दै अहिले समय फेरिएको महतले बताए ।

यो गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गर्ने उनको भनाइ थियो ।

अभिनेत्री दीपाश्रीले प्रेमराज महतसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् ।

पुरुष मोडलद्वय राज र डेलविसले पहिलोपटक लोकदोहोरी गीतमा काम गरेको बताउँदै खुशी व्यक्त गरे ।

महिला मोडलद्धय जुना र सलिनाले पनि भिडियोमा सहकार्य गर्न पाउँदा गौरवान्वित रहेको बताए । गायिका अस्मिता परियारले आफूले पहिलोपटक लोकगीतमा स्वर दिएको र पहिलो लोकगीतमा नै प्रेमराज महतजस्तो अग्रज गायकसँग सहकार्य गर्नु पाउनु आफ्नो लागी ठूलो सौभाग्य रहेको बताइन् ।

निर्देशक दीपक नेपालीले मेहनतका साथ भिडियो निर्माण गरिएको बताउँदै दर्शकले रुचाउनेमा विश्वास व्यक्त गरे । प्रेमराजा महत एवं गीतको निर्माण टिमलाई शुभकामना दिन पूर्वसैनिक, पाइलट, व्यवसायी एवं गायक विकास राणा कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । उनले भिडियो आफूलाई उत्कृष्ट लागेको बताए ।

‘यो गीत मौलिकताले भरिपूर्ण छ । यसलाई रियल लोक गीतमा बनाइएको म्युजिक भिडियो भन्न रुचाए’ राणाले भने । 

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन, प्रविण भट्टले सम्पादन गरेका हुन् । दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको भिडियो ‘ट्रि इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्