१४ असार २०८३, आइतबार

पेस्तोल र चार राउन्ड गोलीसहित दुई जना पक्राउ

असार १३, २०८३
धनुषा
पेस्तोल र चार राउन्ड गोलीसहित दुई जना पक्राउ

धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधीर मुखिया छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘Eagle Raptor’ लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्