०२ असार २०८३, मंगलबार

भगवान शिवको प्रिय महिना श्रावण, उत्कृष्ट मानिनुका पाँच कारण

साउन ५, २०७९
भगवान शिवको प्रिय महिना श्रावण, उत्कृष्ट मानिनुका पाँच कारण

श्रावण (साउन) महिनालाई सबैभन्दा उत्तम (सर्वोत्तम) महिना भनिन्छ। यी ५ तथ्यले बताउँछ कि श्रावण किन सर्वोत्तम महिना हो ।

१-मरकन्डू ऋषिका पुत्र मारकण्डेयले लामो आयूका लागि श्रावण महिनामै घोर तपस्या गरेर भगवान शिवको कृपा प्राप्त गरेका थिए । जसबाट मिलेका मन्त्र शक्तिका अगाडि मृत्युका देवता यमराज पनि नतमस्तक भएका थिए । 

२. भगवान शिवलाई श्रावण महिना प्रिय लाग्नुको कारण यो पनि छ कि, भगवान शिव श्रावण महिनामै पृथ्वीमा अवतरित भए आफ्नो ससुराली गएका थिए । त्यहाँ उनको स्वाग्त अर्घ्य र जलाभिषेकबाट गरिएको थियो । मानिन्छ कि प्रत्येक वर्षको श्रावण महिनामा भगवान शिव आफ्नो ससुराली आउँछन् । भू–लोक वासीका लागि भगवान शिवको कृपा पाउने यो उत्तम उपाय हो । 

३. पौराणिक कथामा वर्णन गरिएको छ कि यसै श्रावण महिनामा समुद्र मन्थन गरिएको थियो । समुद्र मन्थन पछि नै कालकूट विष निस्किएको थियो । जसलाई भगवान शिवले आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए । तर विषपानका कारण महादेवको कण्डा निलो रंगको भयो । जसबाट शिवको नाम ‘नीलकण्ठ महादेव’ पनि रहन गयो ।

विषको प्रभाव कम गर्नका लागि देवी–देवताले शिवलाई जल अर्पण गरे । यसकारण शिवलिङ्गमा जल चढाउनुको खास महत्व छ । यही कारण हो कि साउन महिनामा भगवान शिवलाई जल चढाउँदा विशेष फल प्राप्त हुन्छ । 

४.‘शिवपुराण’मा उल्लेख गरिएको छ कि भगवान शिव स्वय जल हुन्। यसकारण जल अभिषेकको रुपमा भगवान शिवको अराधना गर्नु सबैभन्दा उत्तम फल हो । 

.शास्त्रहरुमा वर्णित गरिएको छ कि श्रावण महिनामा भगवान विष्णु योगनिन्द्रमा हुन्छन् । यसकारण यो समय भक्तजन, साधु–सन्त सबैका लागि अमूल्य हुन्छ । यो चार महिनामा हुने एक वैदिक यज्ञ हो। जसलाई एक प्रकारको पौराणिक व्रत पनि मानिन्छ, र यसलाई ’चौमासा’ पनि भनिन्छ। त्यसपछि सृष्टि सञ्चालनको उत्तरदायित्व भगवान शिवले ग्रहण गर्छन् । यसकारण साउनको प्रधान देवता भगवान शिव बन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्