×

NMB BANK
NIC ASIA

वामपन्थी मोर्चाको गृहकार्य

समाजवादी केन्द्र बनाउने प्रयास– सके पार्टी नै एकता, नसके एउटै चिह्नमा चुनावी मोर्चा

साउन ६, २०७९

NTC
Premier Steels

संघीय चुनावको रापताप जति बढ्दै छ त्यति नै सघन छलफलमा राजनीतिक दलका नेताहरू छन् । 

Muktinath Bank

विशेषगरी सत्ता गठबन्धनमा रहेका वामपन्थीदलहरू आगामी चुनावलाई लिएर घनिभूत छलफलमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय चुनावमा नेपाली कांग्रेससँगको गठबन्धनमा त्यति सन्तुष्ट नरहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी संघीय चुनावमा न कांग्रेसको साथ छाड्न सक्ने अवस्थामा छन्, न त यसअघिकै जसरी चुनावी गठबन्धनमा सहभागी हुन चाहन्छन् । 


Advertisment
Nabil box
Kumari

संघीय चुनावमा सकेसम्म धेरै सीटमा जीत निकाल्ने सूत्रको खोजीमा उनीहरू जुटेका छन् । 

Vianet communication

त्यसका लागि वामपन्थी दलहरूको मोर्चाबन्दी गरेर कांग्रेससँग बार्गेनिङ पावर बढाउने उनीहरूको प्रारम्भिक प्रयास छ । 

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी सरकारमा नरहेको तर भावनात्मकरूपमा निकट रहेको वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसहितको वामपन्थी मोर्चा बनाउने बारेको सघन छलफलमा नेताहरू रहेका छन् । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत सचिवालय सदस्य दुईपटक छलफलमा जुटेका छन् । वामपन्थी पार्टीहरूलाई समेटेर एउटै कम्युनिस्ट पार्टी बनाउने र अहिले तत्काल त्यो सम्भव नभए वामपन्थी मोर्चा बनाएर निर्वाचनमा सहभागी हुने गरी उनीहरूको छलफल केन्द्रित छ । 

छलफलकै दौरानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र माधव नेपालसँग पार्टी एकताको प्रस्ताव नै गरिसकेका छन् । चुनावअघि वामपन्थी शक्तिहरूलाई एउटै जुवामा ल्याएर काँध मिलाउने प्रयासमा प्रचण्ड देखिन्छन् ।   

प्रचण्डका पुराना सहकर्मी डा. बाबुराम भट्टराई अहिले जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिने क्रममा छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराईसहित ९ जना केन्द्रीय सदस्यलाई कारवाही गरिसकेका छन् । 

जसपाबाट बाहिरिएर नयाँ पार्टी बनाउने कि पुरानो पार्टीमा मर्ज हुने भन्ने दोधारमा रहेका डा. भट्टराईलाई प्रचण्डले निरन्तर भेटेर मन्त्रणा गरिरहेका छन् ।

प्रचण्डले भट्टराईलाई माओवादी केन्द्रमै फर्कन गरेको आग्रह सौहार्दपूर्णरूपमा भट्टराईले इन्कार गरेका छन् । 

प्रचण्ड र बाबुराम

भट्टराई माओवादी केन्द्रमा नआउने भएपछि प्रचण्डले नयाँ सूत्र निकालेका छन्– समाजवादी केन्द्र । यसमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको पनि समर्थन छ । 

समाजवादी केन्द्र बनाउँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि सम्मिलित गरेर नयाँ पार्टी बनाउन सकिने प्रस्ताव प्रचण्डले डा. भट्टराईसँग गरेको स्रोतले बताएको छ । 

डा. भट्टराईले नयाँ पार्टी दर्ताको प्रयास गरिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रमा आउन गरेको प्रस्ताव अस्वीकार गरेपछि नयाँ पार्टी बनाउनेबारे भट्टराईले प्रस्ताव गरेको स्रोतले बताएको छ । 

नयाँ पार्टी बनाउने विषयमा प्रचण्डले डा. भट्टराईसँग बुधवार बिहान ९ बजेदेखि ११ बजेसम्म हात्तीवनस्थित प्रचण्डका भाञ्जा गोकुल भण्डारीको अपार्टमेन्टमा छलफल गरेका छन् । 

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्र समान एजेण्डा लिएर अघि बढिरहेकाले सबैलाई समेट्ने गरी नेकपा समाजवादी केन्द्र नामको पार्टी बनाउन सकिने प्रचण्डको भनाइ छ । 

प्रचण्डले यसअघि नै माधव नेपालसँग पनि पार्टी एकताको प्रस्ताव गरिसकेका छन् । वामदेव गौतम र प्रचण्डले संयुक्तरूपमा नेपालसँग पार्टी एकताको प्रस्ताव गरेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकरण हुँदा अन्य वामपन्थी शक्तिलाई पनि एकै ठाउँमा ल्याउन सकिने भएकाले पहिले दुईपार्टी एक हुनुपर्ने सल्लाह गौतमले प्रचण्ड र नेपाललाई दिने गरेका छन् । प्रचण्डको प्रस्तावमा डा. भट्टराईले आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् ।  

उता एकीकृत समाजवादीले पनि साउन ३ गते सचिवालय बैठकबाट वामपन्थी एकताको प्रयास थाल्ने निर्णय गरिसकेको छ । विचार मिल्ने पार्टीहरूसँग एकताको प्रयास गर्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव डा. बेदुराम भुसालले बताए । 

वामपन्थी एकताको प्रयास गरिरहेका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम भन्छन्, ‘चुनावअघि नै वामपन्थी पार्टीहरूको गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका छौं । कांग्रेससहितको मूल गठबन्धन हुन्छ । त्यसैभित्र, वामपन्थी पार्टीहरूको पनि गठबन्धन बनाउने गरी छलफल भइरहेको छ ।’ 

नेकपालाई पुनस्र्थापना गर्ने प्रयासमा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियान सहमत भएको गौतमले बताए ।

पहिलो प्रयास नेकपा ब्युँताउने

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको बहुमत सचिवालय सदस्यहरू वामपन्थी एकताका लागि भनेर दुईपटक छलफलमा जुटेका छन् । असार ९ गते र साउन ३ गते उनीहरूले छलफल गरेका थिए । ती छलफलमा नेकपा एकता संयोजन समिति बनाउने बारेमा प्रारम्भिक कुराकानी भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । 

तत्कालीन नेकपाका ९ जना सचिवालय सदस्यमध्ये ४ जना अहिलेको एमालेमा छन् भने पाँचजना पुनः वामपन्थी एकताको प्रयासमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम वामपन्थी एकताको प्रयासमा छन् । 

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूको बैठक

उनीहरूबाहेक तत्कालीन नेकपाको सचिवालयमा रहेका केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल एमालेमा छन् । 

वामपन्थी एकतामा रहेका ५ जना नेताहरूले नेपाल कम्युनिस्ट पार्टीकै नाममा नयाँ पार्टी बनाउने बारेमा छलफल गरिरहेको नेता वामदेव गौतमले बताए । 

‘हामी तीनवटा पार्टी नेकपा बनाउने बारेमा सहमत भइसक्यौं । एमालेले फुँदा गाँसेर यो हुनुपर्छ र त्यो हुनुपर्छ भनेर बस्यो भने तत्काल ऊ एकता प्रयासमा छुट्छ । हामी नेकपा बनाएर जान्छौं ।’

२०७७ को फागुन २३ मा सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको नाममा दर्ता भइसकेको भन्दै एमाले र माओवादी मिलेर बनेको नेकपालाई मान्यता दिन नसकिने फैसला सुनाएको थियो । तर, फेरि पनि नेकपाकै नाम दाबी गरेर पार्टी गठन गर्ने र अदालत जानुपरे पनि जाने गरी नेताहरूले छलफल गरिरहेको उनले बताए । 

‘नेपाल कम्युनिस्ट पार्टीचाहिँ मान्ने तर, त्यसकै संक्षिप्तरूप नेकपा चाहिँ मान्य नहुने भन्ने हुँदैन । चुनाव चिह्न फरक थियो । नेताहरू फरक थिए । त्यतिबेला नेकपा खारेज हुनुपर्ने अवस्था थिएन । फेरि पनि त्यो बहसमा जान सकिनेबारे नेताहरू बीचमा छलफल भइरहेको छ । नेकपाको नाममा पार्टी दर्ता गर्ने र आवश्यक परे अदालत पनि जाने भन्ने प्रारम्भिक छलफल भइरहेको छ’, गौतमले भने । 

अदालतले फेरि पनि नेकपालाई अस्वीकार गरेमा त्यसको विकल्पमा नेकपा समाजवादी केन्द्र बनाउने बारेमा छलफल भएको उनले बताए । तर, छलफलमा रहेका केही नेताहरूले अदालतको झमेलामा लाग्नुभन्दा नेकपा समाजवादी केन्द्र नै बनाएर जाँदा उपयुक्त हुने राय पनि बैठकमा दिएका थिए ।

एउटै चुनाव चिह्नबारे छलफल  

समाजवादी केन्द्रको रूपमा पार्टी वा मोर्चा बनाउनेबारे छलफल गरेका नेताहरू आसन्न संसदीय निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जानेबारे पनि प्रारम्भिक छलफल गरेका छन् । 

चुनावअघि नै एउटै पार्टी बनाउन सकेको खण्डमा चुनावमा स्वतः एउटै चुनाव चिह्न हुने नै भयो । यदि पार्टी बनाउन सम्भव नभएर वामपन्थी पार्टीहरूको मोर्चा मात्रै बनेको अवस्थामा मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेमा सबैजसो नेताहरू सकारात्मक रहेको उनीहरूले बताएका छन् ।

‘वामपन्थी मोर्चा बनाएर प्रत्यक्षतर्फ एउटै चुनाव चिह्नमा चुनाव लड्नेबारे छलफल भइरहेको छ । समानुपातिकमा भने आ–आफ्नो पार्टीको चुनाव चिह्न हुन्छ’, गौतमले भने, ‘चुनाव लड्का लागि मात्रै मोर्चा बनाउने होइन । सबै मुद्दा र सरकारमा सहभागी हुँदा पनि संयुक्तरूपमै जानेगरी मोर्चा बन्छ ।’

संसदीय अभ्यासमा रहेका एमाले बाहेकका वामपन्थी शक्तिहरूको मोर्चा बनाएर कांग्रेससहितको गठबन्धनमा चुनाव लड्ने उनीहरूको तयारी छ ।

वामपन्थी एकताको पक्षमा नआए आगामी संसदीय निर्वाचनमा एमालेलाई थप कमजोर बनाउने उनीहरूको तयारी छ । 

माधव नेपाल

संघीय र प्रदेश प्रतिनिधि सभाको चुनावमा कांग्रेससँग गठबन्धन गरेर जाँदा पनि कांग्रेस र वामपन्थी मोर्चा दुवैलाई वीन–वीन हुने गरी सी बाँडफाँट हुनुपर्ने बारेमा पनि ५ जना नेताहरूले छलफल गरिरहेका छन् ।

‘हामीले कांग्रेससँग गठबन्धन गर्ने भनेको कांग्रेसलाई बहुमत ल्याइदिने होइन । सीट बाँडफाँड गर्दा सबैलाई वीन–वीन हुने गरी बाँड्ने हो । कसको बढी जीत हुन्छ भन्ने कुरा नतिजामा भर पर्छ । पहिल्यै कुनै एउटा पार्टीलाई बहुमत दिने गरी सीट बाँडफाँड हुँदैन’, गौतमले भने । 

आफूले बहुमत सीट राखेर निर्णय गर्न खोज्नु भनेको सहयात्री दलहरूलाई अपमान गर्नु भएको गौतमले बताए ।

वामपन्थी पार्टीहरूले मोर्चा बनाएर कांग्रेससँग बढीभन्दा बढी सीको दाबी गर्ने रणनीति बनाइरहेका छन् । त्यसैका लागि एउटै चुनाव चिह्नको अवधारणामा छलफल भइरहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् । 

भलै, उनीहरूको छलफलले आकार ग्रहण गरिसकेको भने छैन । नेता गौतम पनि अहिले प्रारम्भिक छलफल मात्रै भइरहेको र केही दिनमा यी विषयले मूर्तरूप लिने बताउँछन् ।

५ जना नेताहरूले बनाएको पार्टी एकता, मोर्चा र एउटै चुनाव चिह्नबारेको अवधारणामा नेताहरूले आ–आफ्नो पार्टीमा छलफल चलाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x