बैशाख २०, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ ।
गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगामी ५ वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका मन्दिरलाई संरक्षण, थप कलात्मक तथा मन्दिर वरपरका क्षेत्रमा योजनाबद्ध विकास गर्नका लागि पञ्चवर्षीय रणनीति तयार पारेको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले आफू आए पनि आगामी ५ वर्षभित्र कालिका मन्दिरमा गर्न सकिने विकास, सामाजिक कार्य तथा कालिकाको महिमा बढाउने विषयमा रणनीति तयार पारेर अघि बढेको बताए ।
उनले कालिका मन्दिरको विकासका लागि ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको र यसै योजनामार्फत आफूले काम गर्ने बताए । कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मन्दिर परिसरभित्र रहेका जीर्ण संरचना पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला निर्माण गर्ने, धार्मिक संग्रहालय निर्माण गर्ने, मन्दिर परिसरमा अखण्डधुनी निर्माण गर्ने, हवन कुण्ड निर्माण गर्ने, मन्दिर परिसरमा प्रयावरण सन्तुलन राख्नेजस्ता महत्त्वपूर्ण कार्य हुनेछन् ।
खड्काले भने, ‘पर्यटकीय गाइड राख्नेदेखि अपाङ्गमैत्री संरचना निर्माण गर्ने रणनीतिक योजनामा छ, यस्तै भक्तजनको रेकर्ड राख्ने, सिसी क्यामेराले निगरानी गर्ने र आफ्नै वेबसाइट निर्माण गर्नु हो ।’ मन्दिर प्रवेश गर्ने २ स्थानमा सुरक्षा गेट निर्माण गर्ने, मन्दिर परिसरको जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने लगायतका योजना समावेश गरिएको छ । कनिदर परिसरको घना जंगलमा चितुवा, मृग तथा कालिज प्रशस्त पाइन्छन् ।
रणनीतिक योजनाअनुसार काम गर्दा मन्दिरको भइरहेको संरचनामा क्षति नपुग्ने, कम खर्च लाग्ने र मन्दिरको स्वरूप नबिग्रने खड्काको भनाइ छ । मन्दिरले सामाजिक उत्तरदायित्वअनुसार योगा स्थानको व्यवस्था गर्ने, गरीब, जेहेन्दार, अनाथ तथा असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने, बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई व्यवस्थित गराउनका लागि पार्किङ व्यवस्थापन आश्रमले नै गर्ने र आम्दानी समेत आश्रमले नै लिने व्यवस्था मिलाइने मन्दिरको योजनामा समावेश गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...