बैशाख ४, २०८१
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो महसूस हुन भने पाएको थिएन ।
साथीहरूले राति १२ बजेतिर ‘पीसीओ’बाट ‘भुलेभड्के’ शिविरमा आउनका लागि माइकिङ गर्न नलगाएका होइनन् तर मेलामा फैलिएको कोलाहल र हरिकीर्तनको धुनले गर्दा सुन्न भने सकेन गोपालले । सायद बढी हुँदा अमृत पनि विष बन्न सक्छ भनेको यही हुनुपर्छ । हरिकीर्तनले समेत धोका दिएको थियो यतिबेला गोपाललाई ।
गोपालले त्यो रात हरिकीर्तन सुनेर मन्दिरमा बितायो । न जुत्ता चप्पल, न शरीरमा लुगा, एउटा पातलो च्यादरमा रात काट्न विवश भयो ऊ । बिहानैदेखि पर्न शुरू गरेको सिमसिमे झरीले उज्यालो हुने बेलासम्म आँखा उघारेको थिएन । चिसोले गोडा आफ्नो हो कि अर्कैको चिन्नै नसक्ने भइसकेको भए पनि सहनुको विकल्प थिएन ऊसँग ।
गोपालको दुःख देखेर हो कि अर्कै कारणले थाहा नभए पनि भोलिपल्ट बिहानै दर्शन दिन भने अल्छी गरेनन् सूर्य नारायणले । पानी थामिएको थियो, आकाशको बादल फाटिसकेको तर गोपालको मनको बादल भने झन्झन् घनिभूत बन्दै जाँदैथ्यो ।
गोपालले त्यो दिनभर छलिएका साथीहरू खोज्नमा बितायो तर कसै गरे पत्तो लागेन । लागोस् पनि कसरी ? उनीहरू त बिहान सखारै फर्किसकेका थिए विद्यालयतर्फ । त्यो रात पनि मन्दिरमै बितायो उसले । खानाको भने दुःख थिएन । सेठजीहरूले ठाउँठाउँमै भण्डारा चलाएका थिए मेलाभर ।
तेस्रो दिनसम्ममा मेलामा मानिस पातलिइसकेका थिए । त्यसपछि गोपाल साथीहरू भेटिँदैनन् भन्ने निष्कर्षमा पुग्यो र इलावाद रेल्वे स्टेसनतिर लाग्यो साँझपख ।
स्टेसन नजिकै एउटा होटलमा खोटाङतिरका राई थरी नेपालीले काम गर्दै आएका रहेछन् विगत केही वर्षदेखि । संयोगवश उनैसँग भेट भयो गोपालको । पैसा नभए पनि मनका भने धनी नै रहेछन् उनी । सज्जन र दयालु त्यत्तिकै । गोपालको हालत देखेर केही दिन आफ्नै डेरामा बस्ने व्यवस्था मिलाइदिए उनले । लगाउनका लागि एकजोर पुरानो कुर्ता–पाइजामा खोजेर दिए ।
खासै बाक्लो नभए पनि गान्धी खादीका कुर्ता–पाइजामा न्यानै लाग्यो उसलाई । ३ दिन उनकै कोठामा बिताएर हराएको सातौं दिन विद्यालयतर्फ लाग्यो केही पैसा सापटी मागेर ।
साथीसँग बिदा भएपछि जिटी रोड हुँदै राजातलावको बाटो समात्यो उसले । त्यतिबेला राजातलाव हुँदै खैरा जान्थे वनारसबाट आउने बसहरू । राजातलावमा ओर्लेपछि खैराको बस समाती सोही दिन अपराह्नतिर विद्यालय परिसरमा पुग्यो ऊ । साथीहरू अँध्यारो मुख लगाएर उसकै बाटो हेरिरहेका रहेछन् ।
विद्यालय पुग्नासाथ सर्वप्रथम वगहा पोस्ट अफिस गएर मनिअर्डर गरी साथीसँग लिएको सापटी पैसा फिर्ता पठाउने काम गर्यो उसले । थाहा थिएन उसलाई पछिसम्म पनि पैसा पुग्यो कि पुगेन भन्ने कुरा । कुनै खैखबर नभएकाले पुग्यो होला भन्ने विश्वास गर्नुको विकल्प भने थिएन ।
सोही साल अप्रिल अन्त्यतिर पूर्वमध्यमा प्रथम वर्षको परीक्षा लियोे सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयले । परीक्षा सकेर साथीहरू घरतिर लागे तर गोपालले भने त्यतै बसेर बिदा बिताउने निधो गर्यो । जुनको अन्त्यतिर परीक्षा फल आयो । प्रथम श्रेणीको नम्बरमा उत्तीर्ण भएको देखेर निकै खुशी भयो ऊ ।
जुलाइतिरबाट दोस्रो वर्षको पढाइ शुरू भयो तर साथीहरू भने दशैं मानेर मात्र फिर्ता भए । अर्को साल फरवरीतिर गोपाल नराम्ररी बिरामी पर्यो । साथीहरूले रामकृष्ण परमहंस मिसन गोदौलिया वाराणसीमा भर्ना गरिदिए । रामकृष्ण परमहंस विश्वविख्यात सन्यासी विवेकानन्दका गुरु हुन् । त्यसैले विवेकानन्दका भक्तहरूले उनकै नामबाट अस्पताल खोलेका रहेछन् । अस्पतालले गरीब गुरुवा र विद्यार्थीहरूलाई निःशुल्क उपचार गर्ने भएकाले गोपाललाई खर्चपानीको अभाव भने भएन । खाने–बस्ने सहितको उपचार खर्च अस्पतालले नै व्यहोरिदियो । करीब १ महिना अस्पताल बसेर परीक्षा नजिक आएकाले डिस्चार्ज माग्यो उसले अस्पतालबाट । सो साल मे शुरूतिर मात्र पूर्वमध्यमा दोस्रो वर्षको परीक्षा लियो विश्वविद्यालयले ।
परीक्षा सकेर वनारस फर्केर मे र जुन २ महिना अलाइपुरा मीत दाजुको डेरामा बितायो । केही दिनका लागि मीत दाजु आफ्नो घर चितवन माडीतिर फर्केकाले सो अवधिभर अलाइपुरा साडी गल्लीको दरवानी पनि समाल्यो उसले मीत दाजुको सट्टामा ।
जुलाइ लागेपछि विद्यालय खुल्यो । गोपालले नेपाली संस्कृत महाविद्यालय मंगलागौरीमा भर्ना लियो । त्यतिबेला नेपाली विद्यालय फुटेर एउटै नाममा २ वटा चलेका थिए । एउटा विद्यालय कृष्णप्रसाद ढुंगानाको नेतृत्वमा मंगलागौरीमै चल्थ्यो, अर्को विद्यालय दामोदर भारद्वाजको नेतृत्वमा बालाजी मन्दिरमा । विश्वविद्यालयको अनुदान भारद्वाज समूहमा जाने भएकाले ढुंगाना समूहको विद्यालय गरीब थियो । छात्रबासबाहेक अन्य स्रोत थिएन । तैपनि थाहा छैन कसरी चलाउँथे कुन्नि, प्रतिविद्यार्थी मासिक २५ रुपैयाँ वृत्ति भने मिल्थ्यो । छात्रावास भएकाले आवासीय विद्यार्थी त्यतै भर्ना हुन आउँथे तर पढ्न भने भारद्वाज समूहमा जानुपर्ने हुन्थ्यो । कारण ढुंगाना समूहमा २ विषयमा आचार्य गर्ने (आयुर्वेद र दर्शन) काशीराज सुवेदी र असामतिरका रिजाल थरी गुरुबाहेक अन्य गुरुको उपस्थिति थिएन ।
आकर्षक तलबको प्रलोभनमा परेर होला सायद विद्यालयका प्रायः गुरुहरू भारद्वाज समूहमै हुनुहुन्थ्यो । काशीराज सुवेदीले आयुर्वेद र दर्शन पढाउनुहुन्थ्यो । मेहनती र मिलनसार त्यत्तिकै, विद्यार्थीहरू माया गर्ने त्यत्तिकै । व्याकरणशास्त्रका ठूला विद्वान् रिजाल गुरु भने व्याकरण पढाउनुहुन्थ्यो । यीबाहेक अन्य विषय पढ्नका लागि भारद्वाज गुरुको समूहमा जानैपथ्र्यो ।
सायद यसैका फाइदा उठाउन खोजेर हुनुपर्छ भारद्वाज समूहबाट छात्रावास कब्जा गर्ने रणनीति अनुरूप विद्यार्थी भड्काउन खोज्ने प्रयास पनि नभएको होइन तर गोपाल लगायत ढुंगाना समूहका विद्यार्थीहरूले यसबाट टाढै बस्न राम्रो ठाने । त्यसैले उनीहरूले प्रस्ट भनिदिए, ‘माफ गर्नुहोला गुरुजी ! आफ्नो राजनीति आफैंसँग राख्नुस् । हामी यहाँ राजनीति गर्न नभई पढ्न आएका हौं । विद्यादानको कुरा हो, चाहनुहुन्छ पढाइदिनुस्, होइन भने आउन रोक लगाउनुस् । खाने मुखलाई जुँगाले छेक्दैन भन्छन्, काशीमा कति छन् कति पढ्ने ठाउँ ।’ त्यसपछि के लागेछ कुन्नि उहाँहरूले कहिल्यै त्यस्तो कुरा निकाल्नुभएन ।
२ वर्ष नेपाली संस्कृत महाविद्यालयमा बसेर गोपालले उत्तरमध्यमा पास गर्यो द्वितीय श्रेणीमा सन् १९८० तिर । त्यसपछि कता लाग्यो कुन्नि अहिलेसम्म पत्ता लागेको छैन ।
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...