
स्पेन, ११ साउन – गैरआवासीय नेपाली स्पेनवासीहरू स्पेनका लागि नियुक्त भएका राजदूत भरतबहादुर रायमाझीलाई स्वागत गर्न आतुर भएका छन् ।

नेपाल सरकारले स्पेनवासीहरूको मागलाई सम्बोधन गर्दै पुष्पकमल दाहाल सरकारको पालामा परराष्ट्रमन्त्री प्रकाशशरण महतसँगको समन्वयनमा स्पेनमा राजदूत राख्ने मन्त्रिपरिषदको निर्णय गराउन सफल भएका स्पेनवासी नेपालीहरू खुशी देखिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझीलाई मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्ति गरेकी छन् । उक्त नियुक्तिसँगै स्पेनमा बस्ने करीब दश हजार नेपाली रायमाझीको स्वागतका लागि तम्तयार छन् ।
गैरआवासीय नेपाली संघ स्पेनका अन्तर्राष्ट्रिय समन्वयन समितिका सदस्य एकराज गिरीले लोकान्तरसँग कुरा गर्दै विगत लामो समयदेखिको प्रयासले अन्ततोगत्वा राष्ट्रपतिबाट भएको नियुक्तिपछि आफ्नो प्रयासले सार्थकता पाएको नेपालीहरू हर्षविभोर भएको बताए ।
गिरी भन्छन्, ‘नेपाल सरकारले हामी परदेशमा बस्ने गैरआवासीय नेपालीहरूको भावनालाई मद्देजनर गरेर हाम्रो पहललाई ध्यानमा राख्दै राजदूत नियुक्त गरेकाले खुशी छौं ।’
पर्यटकदूत एवम् एनआरएनए स्पेनकाा नवनिर्वाचित अध्यक्ष चिन्तामणि सापकोटाले स्पेनवासी सबै नेपालीको चाहना र प्रयासमा नेपालीहरूको आवश्यकताअनुसार नेपाल सरकारले राजदूत नियुक्त गर्नु स्वागतयोग्य भएको बताए ।
अध्यक्ष सापकोटाले लोकान्तरसँग कुरा गर्दै भने, ‘छिमेकी देश पोर्चुगलमा बस्ने नेपालीहरूलाई पनि फ्रान्स पुगेर काम गर्न अति नै गाह्रो भएको अवस्थामा हाम्रो पहलमा नेपाल सरकारले स्पेनको राजधानी म्याड्रिडमा दूतावास राख्दा दुवै देशमा बस्ने नेपालीहरूले दूतावासबाट फाइदा लिन पाउँछन् । हामी राजदूतको स्वागतको लागि तयार अवस्थामा रहेका छौं ।’
प्रवासी नेपाली मञ्चका अध्यक्ष हेम शेर्पाले हाम्रो प्रयासले सार्थकता र गति पाएकोमा हामी खुशि छौ, लोकान्तर संग कुरा गदै नेपाली राजदुत रायमाझिलाई स्पेनमा स्वागत गर्न हामी प्रतिक्ष्ाँमा बसेको बताए । जनप्रगतीशिल मञ्चका अध्यक्ष गंगा भुषालले नेपालीहररुको मागलाई हाम्रो सरकारको पालोमा हामीले सकारात्मक काम गर्नमा सफल भएको बताउदै नेपाल सरकारलाई विशेष धन्यबाद दिएका छन् ।
नेपाल सरकारले हामी नेपालीहरूको मागलाई सम्बोधन गरेर राजदुत नियुक्ति गरेकामा अध्यक्ष शेपाले नेपाल सरकारलाई विशेष विशेष धन्यबाद ब्यक्त गरेका छन् । यसैगरी चितवन समाज,तमु समाज,कास्की समाज लगाएत विभिन्न संघ संस्थाहरूले स्वागत गर्न आतुर रहेका छन् ।
झण्डै एक दशकको प्रयास पछि नेपाल सरकारले हाम्रो मागलाई सम्बोधन गरेर गरेको निर्णयको हामी गैरआवाशिय नेपालीहरू स्वागत गर्न तयार रहेको एनआरएनए निर्वतमान अध्यक्ष एवम् अन्तर्राष्ट्रिय समन्वयन समितिका प्रस्तावक सदस्य मुक्त बहादुर गुरुङ्गले बताए ।
एनआरएनए स्पेनका पुर्व उपाध्यक्ष राजु शम्सेर थापाले नेपाली प्रवासी सबै हामी राजदुतको स्वागतको लागि तयार रहेको बताए ।