
सुनको मूल्य सोमवार प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
तेजाबी सुनको मूल्य सोमवार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमवार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।