
नेपालमा सार्वजनिक भएको एक सातामै जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ओरा ५ ले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
ओरा ५ ले ‘लन्डन डिजाइन अवार्ड्स २०२५’ अन्तर्गत ‘प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स’ विधामा प्रतिष्ठित ‘डिजाइन अफ द इयर’ अवार्ड जितेको हो ।
कम्पनीका अनुसार उक्त अवार्डले ORA 5 को डिजाइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित अवधारणा तथा स्मार्ट गतिशीलताप्रतिको GWM को दृष्टिकोणलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ।
‘प्राकृतिक सौन्दर्य’ अवधारणामा आधारित ORA 5 मा जैविक प्रेरणाबाट विकसित बाह्य डिजाइन, पानीको थोपा शैलीका हेडलाइट, एकीकृत टेललाइट, Coffee Pilot Ultra स्मार्ट ड्राइभिङ प्रणाली र Coffee OS 3 स्मार्ट ककपिट समावेश गरिएको कम्पनीले जनाएको छ ।
साथै, यसमा सातवटा एयरब्याग, उच्च बलियो स्टिल संरचना तथा अन्तर्राष्ट्रिय पाँचतारे ANCAP र Euro NCAP सुरक्षा मूल्यांकन प्राप्त सुरक्षा प्रणाली रहेको उल्लेख गरिएको छ ।
कम्पनीका अनुसार ORA 5 ले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ । यसमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ र प्रिमियम इन्टेरियर जस्ता सुविधा उपलब्ध छन् । यसको प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।
नेपालका लागि GWM का आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ORA 5 ले नेपाली बजारमा सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ । कम्पनीका अनुसार निकट भविष्यमा HAVAL JOLION MAX EV र HAVAL H7 पनि नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
GWM ले हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको तथा १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ ।
कम्पनीले नवीन प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षा मापदण्डमार्फत नेपाली विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ ।