
खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि गत जेठ १२ देखि असार ३२ सम्म आयोजना गरेको ५२ दिनको 'द बिगेस्ट पेमेन्ट जात्रा' अफरमा ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोडभन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन् ।
यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यास ब्याक तथा थुप्रै उपहारको फाइदा लिएका थिए।
साथै हरेक दिन १ बजेदेखि शुरू भएको फायरसेल अन्तर्गत २ लाखभन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएको कम्पनीले जनाएको छ ।
उनीहरूलाई ५० प्रतिशतसम्म क्यास्ब्याक प्रदान गरिएको थियो।
अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा बजाज पल्सर एनएस १६० एबीएस तीन जना भाग्यशाली बिजेताले लक्की ड्र मार्फत प्राप्त गरेका छन् ।
अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा अन प्लसको ४३ इन्चको स्मार्ट टिभी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्टब्याण्ड लक्की ड्र मार्फत प्राप्त गरेका थिए ।
खल्तीले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबूक लाइभ मार्फत बिजेता घोषणा गर्दै आएको थियो ।
सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थितिमा 'द बिगेस्ट पेमेन्ट जात्रा” मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागिता जनाउने सबैलाई धन्यवाद व्यक्त गरे ।