डिशहोम टिभी सञ्चालन गर्दै आएको डिश मिडिया नेटवर्कले आईपी टिभीको सेवा शुरू गरेको छ ।
डिशहोम आईटिभीको नाममा सेवा शुरूवात गरेको कम्पनीले मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेको डिशहोमले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर आईपी टिभी सञ्चालनमा ल्याएको कम्पनीका कार्यकारी निर्देशक सुदीप आचार्यले जानकारी दिए ।
ग्राहकहरुले डिटीएचलाई जस्तै आईपी टिभी पनि रुचाउने कम्पनीको विश्वास रहेको उनले बताए ।
नेपालको एक मात्र डिटीएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको कम्पनीले जनाएको छ ।
२०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवालाई संचालनमा ल्याएको थियो ।
नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको कार्यकारी निर्देशक आचार्यले बताए ।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तार संगै अन्य सेवा प्रदायकभन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, टेरिस्ट्रायल (टि२) टिभी र आईपी टिभीमा समेत सेवालाई विस्तार गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल इन्टरनेट सेवा डिशहोम फाईवरनेट, सबैभन्दा बढी सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित टेरेस्ट्रायल (टि२) टिभी सञ्चालन गरिरहेको छ ।
डिटीएच र टेरेस्ट्रायल (टि२) भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल बेस्ड यस आइपी टिभीमा शर्टस् टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सक्ल्युसिभ च्यानलहरू लगायत २०० भन्दा बढी टिभी च्यानलहरू रहेको कम्पनीले जनाएको छ ।

यस्तै ५ हजार घण्टाभन्दा बढी विभिन्न कन्टेन्टहरू, भिडियो अन डिमाण्ड, क्याच अप टिभी/स्टार्ट ओभर टिभी, युटुव, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलव्ध रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले नविनतम सोचका साथ कार्यक्रमहरू ल्याइरहेको बताए ।